प्रायः सोधिने प्रश्नहरु
१) ए.सी.ई भनेको के हो ?
ए.सी.ई निर्वाचन ज्ञान सञ्जाल विश्वको सबैभन्दा ठूलो अनलाइन समुदाय र निर्वाचन सम्बन्धि जानकारीको भण्डार हो । यसले निर्वाचन प्रक्रियाको कुनै पनि अवस्थाबारे विशेष सल्लाह र बिस्तृत जानकारी प्रदान गर्छ । ए.सी.ई को प्रमुख उदेश्य निर्वाचनको प्रतिष्ठालाई बढावा दिनु, र विश्वभरी विश्वसनीय, दिगो, व्यवसायिक, र समावेशी निर्वाचन प्रक्रियालाई प्रोत्साहन गर्नु हो।
२) ए.सी.ई ले के जनाउँछ ?
प्रशासन र निर्वाचन लागत परियोजना (ए.सी.ई)का रुपमा १९९८ मा ए.सी.ई को सिर्जना गरियो। तथापी, २००६ मा ए.सी.र्ई अधिक गतिशिल अनलाइन नेटवर्क र प्रशासन र निर्वाचनखर्च भन्दा धेरै d'2f समाबेश भएको व्यापक जानकारी भण्डारका रुपमा बिस्तार भयो । तसर्थ, ए.सी.ई लाई अब एसीई निर्वाचन ज्ञान सञ्जाल भनेर चिनिन्छ । यो अब संक्षिप्त रुपको नाम मात्र नभई निर्वाचनको क्षेत्रमा संसारकै बृहद् ज्ञान सञ्जाल बनेको छ ।
३) ए.सी.ई को प्रयोग कसले गर्दछ ?
ए।सी।ई निर्वाचन ज्ञान संजाल मार्फत उपलब्ध स्रोतहरु प्रयोग गर्ने विभिन्न प्रकारका व्यक्तिहरु छन् स् निर्वाचन व्यवस्थापन निकायका सदस्यहरु, सरकारी कर्मचारीहरु, सञ्चारकर्मी, निर्वाचनकर्मी, शिक्षक, laBfyL{, मतदाताहरु र निर्वाचन सम्बन्धित मुद्दाहरुमा रुचि राख्ने सामान्य नागरिकहरु ।
४) के म ए.सी.ई मा जागिरको आबेदन भर्न सक्छु ?
ए.सी.ई आफ्ना साझेदारी संगठनहरु संगको सहकार्यताको प्रयास हो, र ए.सी.ई का कर्मचारीहरु ती संगठन åf/f नियुक्त हुन्छन् । तसर्थ, सबै सूचनाहरु ए.सी.ईका साझेदारी संगठन मार्फत जारी हुन्छन् । थप जानकारीका लागि, साझेदारी संगठनहरुका पृष्ठमा जानुहोला ।
५) ए.सी.ई मेरो भाषामा उपलब्ध छ ?
विश्वभरका निर्वाचन अभ्यासकर्ताका आवश्यकता अनुसार ए.सी.ई वेबसाइट निरन्तर एक बहुभाषिक सामाग्रीका रुपमा विकसित हुदै आएको छ । ए.सी.ई हाल अंग्रेजी, स्पेनी, फ्रेंच र अरबी भाषामा उपलब्ध छ । भाषा बदल्नको लागि पृष्ठको शिर्षमा रहेको भाषा ड्रप डाउन संकेत प्रयोग गर्नुहोस्। सामग्रीका केही अंशहरु रूसी, स्वाहिली र नेपालीमा पनि उपलब्ध छन् । यी सामग्रीमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस । यदि अनुबादको सहयोग गर्न चाहेमा, थप विवरणहरूको लागि कृपया [email protected] मा सम्पर्क गर्नुहोला ।
६) के म ए. सी.ईको वेबसाइटलाई आफ्नो वेबसाइटमा समाबेश गर्न सक्छु ?
सक्नुहुन्छ । आफ्नो वेबसाइटबाट ए.सी.ई तर्फ निर्देशन गरी यसको पहुँच बिस्तार गर्नुभएकोमा हामी आभारी छौ । o2lk, अहिलेको समयमा पारस्परिक लिंकको हामी प्रतिज्ञा गर्न सक्दैनौ । थप प्रश्न भएमा मा कृपया [email protected] मा सम्पर्क गर्नुहोला।
७) तपाइको वेबसाइटमा मा केही त्रुटी फेला पारेको, कुनै प्रश्न रहेको, वा कुनै सामग्रीमा टिप्पणी गर्न चाहेको खण्डमा के गर्न सकिन्छ ?
गुणस्तर जानकारीको प्रदानमा हाम्रो सहयोग गर्न चाहनुभएकोमा धन्यबाद छ । हाम्रो पृष्ठ र सामग्रीमा अझ बढी सुधार ल्याउन d2t गर्ने हरेक सहयोगलाई हामी कदर गर्छौ । कुनै पनि प्रश्न, टिप्पणी, र भुलसुधारका लागि [email protected] मा सम्पर्क गर्नुहोला ।
८) मसंग निर्वाचन सम्बन्धि सामग्री र चित्र हरु छन्, के तिनलाई ए.सी.ई मा समाबेश गर्न मिल्छ ?
हामी जहिले पनि समय सान्दर्भिक सामग्री, जस्तै - कानुनी ढाँचा, आचार संहिता, निर्वाचन शिक्षा सामग्री, मतपत्र, र निर्वाचन प्रक्रिया र संचालनका विभिन्न भागहरु दर्साउने चित्र र भिडियोहरुको अपेक्षामा हुन्छौ . कुनै पनि सान्दर्भिक सामग्री कृपया [email protected] मा ए.सी.ई सहायकलाई पठाउनुहोला ।
९) यस वेबसाइटका विषय वस्तु तथा अन्य सामग्री अरु प्रकाशनहरुमा पुनः प्रकाशित गर्ने अनुमति कसरी लिन सकिन्छ ?
यसका लागि कृपया वेबसाइटको “प्रयोगका शर्तहरू” भन्ने अंशमा उल्लेख भएका निर्देशनहरू पालना गर्नुहोला ।
१०) के ए.सी.ई ले मेरो परियोजनाकोलागी आर्थिक सहयोग गर्न सक्छ ?
ए.सी.ई एक आर्थिक सहयोग प्रदान गर्ने संस्था नभएकाले हामीकुनै पनि संगठन, परियोजना वा ब्यक्तिलाई आर्थिक रुपमा सहयोग गर्न असमर्थ छौ। o2lk, ए.सी.ई वेबसाइट मार्फत उपलब्ध गराइएका सबै श्रोतहरु निशुल्कः छन्।
११) ए .सी.ई प्रयोग गर्नको लागि कुनै शुल्क लाग्छ ?
लाग्दैन । ए.सी.ई वेबसाइट मार्फत उपलब्ध गराइएका सबै श्रोतहरु निशुल्क उपलब्ध छन् ।
१२) अभ्यासकर्ता संजाल भनेको के हो ?
ए .सी. ई अभ्यासकर्ता संजाल एक अनलाइन समुदाय हो जसको लक्ष्य विश्वभर निर्वाचन प्रक्रियाको प्रतिष्ठा, व्यावसायिकता र प्रभावकारितालाई बढावा दिनु हो । संजालमा आठ सय भन्दा बढी अनुभवी निर्वाचन अभ्यसकर्ताहरु, सरकारी कर्मचारी, शैक्षिक र १०० भन्दा बढी देशहरु बाट नागरिक समाजका सदस्यहरु छन् ।यसको मुख्य उदेश्य समर्थन र सल्लाह दिनु, नयाँ ज्ञानको विकास गर्नु, र सिकेका ज्ञान र सर्वश्रेष्ठ अभ्यासहरू विश्वभरका निर्वाचन प्रशासकहरूसँग आदान प्रदान गर्नु हो । अभ्यासकर्ता संजालका सदस्यहरु आफ्नै समय र क्षमता अनुसार संजालका गतिविधिहरूमा सामेल भएका हुन्छन्, र उनीहरुले ए.सी.ईका साझेदारहरु वा अन्य सम्वन्धित संस्थाको विचार प्रतिनिधित्व गर्दैनन् ।
१३) अभ्यासकर्ता संजालको मुख्य भूमिका के हो ?
ए.सी.ई कार्यक्षेत्र नामक आत्मीय र अन्तरक्रियात्मक मञ्च मार्फत, सहभागीहरु स्वैच्छिक ढंगले निम्न लिखित गतिविधिहरूमा समाबेश हुन सक्छन् :
- सञ्जालका अरु सदस्यहरुले वा ‘विशेषज्ञलाई सोध्नुहोस’ मार्फत ए.सी.ई वेबसाइट प्रयोगकर्ताबाट एक जिज्ञासाहरु को प्रतिक्रिया दिनु
-अनलाइन छलफलमा सहभागी हुनु
-सञ्जालका अरु सहभागिसँग प्रत्यक्ष सम्पर्क गर्नु
-बिज्ञापन र सन्देशहरु प्रकाशन गर्नु
-निर्वाचन सम्बन्धि घोषणा, आगामी कार्यक्रम, र जागिर सूचनाहरु अवलोकन गर्नु
१४) “विशेषज्ञलाई सोध्नुहोस्” सुविधा के हो र यसको कार्यविधि कस्तो हुन्छ ?
‘विशेषज्ञलाई सोध्नुहोस् सुविधा ए.सी.ई अभ्यासकर्ताको सञ्जाल र सर्वसाधारणलाई जोड्ने उपाय हो । यस åf/f ए.सी.ई वेबसाइटका प्रयोगकर्ताले निर्वाचन सम्बन्धि प्रश्नहरु सञ्जालमा बुझाउन सक्नेछन् । उपयुक्त प्रश्नहरु सञ्जाल सहायक åf/f अभ्यासकर्ता सञ्जालका सदस्य (विशेषज्ञता अनुसार)लाई पेश गरिन्छन् । सदस्यको जवाफ, सारांश र अन्य सान्दर्भिक स्रोतका साथमा वेबसाइटमा प्रस्तुत गरिन्छ र प्रश्न सोध्ने व्यक्तिलाई पनि पठाइन्छ । यस अन्तरक्रियात्मक “विशेषज्ञलाई सोध्नुहोस्” सुविधाले विशेषज्ञ सल्लाह प्रदान गर्छ, जुन् ए.सी.ई वेबसाइटमा रहेका महत्वपूर्ण ज्ञानका स्रोत सामग्रीहरुको परिपुरक हो ।
१५) संकलित जवाफ के हो ?
‘विशेषज्ञलाई सोध्नुहोस्’बाट सोधिएका प्रश्नहरुको उत्तरको सारांश तथा अभ्यासकर्ता संजालका सदस्यहरुको व्यक्तिगत उत्तर नै संकलित जवाफ हो । संकलित जवाफको पानामा तपाईले ए. सी. ई अभ्यासकर्ता सञ्जालमा सोधिएका प्रश्न र तिनका उत्तरहरुको संग्रह भेट्नुहुन्छ ।
ती प्रश्न र उत्तरले विभिन्न मुलुक र क्षेत्रहरुका निर्वाचन सम्बन्धि बिषयहरुलाई समाबेश गरेका हुन्छन् । संकलित जवाफहरु पढेर, तपाईले आफ्नो ज्ञान र विशेषज्ञता बढाउन सक्नुहुन्छ, तथा निर्वाचन क्षेत्रका समाचार र सिकाईहरुका बारेमा जानकारी पाउन सक्नुहुन्छ । तपाईले सोध्न चाहेको प्रश्न पहिले नै सोधिएको हुन सक्ने भएकाले अभ्यासकर्ता सञ्जालमा प्रश्न गर्नुभन्दा पहिले संकलित जवाफहरू हेर्नुहोला ।
१६) ए.सी. ई कार्य क्षेत्र भनेको के हो र यसले कसरी काम गर्छ ?
ए.सी. ई कार्यक्षेत्र संजालका क्रियाकलाप संचालन हुने एक निजी पोर्टल हो । संजालका सदस्यहरु सहयोग साटासाट गर्ने , छलफलमा संलग्न हुने , खुला प्रश्नहरु (ए.सी. ई का प्रयोगकर्ता वा अरु संजाल सदस्यबाट आएका) को उत्तर दिने ,निर्वाचन सम्बन्धि जागिर सूचनाको पोस्ट गर्ने, समुहमा संदेश पुर्याउने, थप सदस्यहरु खोज्ने, पृष्ठ अध्यावधिक गर्ने जस्ता कार्यमा संलग्न हुन्छन् ।
१७) म अभ्यासकर्ता संजालमा कसरी सामेल हुन सक्छु ? यसमा सदस्यता शुल्क लागु हुन्छ ?
अभ्यासकर्ता सञ्जालमा सामेल हुन सदस्यता शुल्क लाग्दैन, तर आवेदकले निम्न मापदण्डहरु पुरा गर्नुपर्छ : ए.सी.ई अभ्यासकर्ता सञ्जालको सदस्यको निर्वाचनको क्षेत्रमा केहि बर्षको कार्य अनुभव र कम्तिमा पनि एक निर्वाचन सम्बन्धि छेत्रमा साबित विशेषज्ञता । सदस्यता आवेदन पत्र ए.सी.ई सहायकलाई यहाँ पेश गर्न सकिन्छ ।
१८) सदस्य बन्ने प्रेरणादायक कारणहरु के के हुन् ?
निर्वाचन कार्यकर्ताहरुका लागि अभ्यासकर्ता सञ्जालको सदस्य हुनुमा धेरै फाइदाहरु छन्, तीमध्ये :
- अनुभव साटासाट र अन्य कार्यकर्ताहरु को ज्ञान लिनुको लाभ ।
- अनुभवी निर्वाचन व्यवसायीहरूको एक सम्मानित विश्वव्यापी समुदायसँग cfa2 ता ।
- व्यवसायिक सञ्जालको बिस्तार ।
- व्यक्तिगत प्रोफाइल पृष्ठ को माध्यमले स्वयंको दृश्यता बढाउने, तथा ए.सी.ई वेबसाइटमा सामाग्री को योगदान गर्ने मौका ।
- अन्य बिशेषज्ञहरुबाट सल्लाह प्राप्त ।
- जागिरका सूचना, घोषणाहरू र कार्यक्रमहरूको पहुँच ।
१९) के अभ्यासकर्ताको सञ्जालको कुनै राजनैतिक cfa2ता रहेको छ ?
अभ्यासकर्ताको सञ्जाल राजनैतिक रुपमा निष्पक्ष छ र यो समुदाय कुनै राजनैतिक दल, संगठन वा आन्दोलनसंग cfa2 छैन । सदस्यहरुले व्यक्तिगत समय र क्षमता अनुसार सञ्जालका गतिविधिहरूमा सामेल भएका हुन्छन्, र उनीहरुले ए.सी.ई का साझेदारहरु वा अन्य cfa2 भएका संस्थाको विचार प्रतिनिधित्व गर्दैनन् ।
२०) अभ्यासकर्ताको संजालमा कुन कुन भाषाहरु उपलब्ध छन् ?
ए.सी.ई कार्यशालाहरुमा अंग्रेजीलाई प्रमुख भाषाका रुपमा प्रयोग गरिन्छ, तर अभ्यासकर्ताहरुले विभिन्न भाषामा प्रश्नको जवाफ तथा अन्य योगदान प्रदान गर्छन् । साथै, ए.सी.ई कार्यक्षेत्र अरबी, फ्रेंच, स्पेनी भाषामापनि उपलब्ध छ, र सबै सामाग्रीहरु आफ्नो रोजाईको भाषामा परिणत गर्न सकिन्छ ।
२१) सदस्य हुनका लागि मैले कसरी आबेदन गर्न सक्छु ?
तपाईले यहाँ क्लिक गरेर सदस्यता आबेदन पत्र बुझाउन सक्नुहुन्छ ।