ACE को बारेमा
चुनावी संसारका लागि ACE Electoral Knowledge Network तपाईहरुको प्रवेशद्वार हो । ACE सञ्जालले विश्वसनीय र पारदर्शी निर्वाचन प्रक्रियालाई बढावा दिन्छ, साथै निर्वाचन प्रक्रियामा दिगोपना, व्यवसायिकता र विश्वासमा जोड दिन्छ । ACE ले निर्वाचन सम्बन्धी सहायता र क्षमता बिकाससंग सम्बन्धित विस्तृत सेवाहरु प्रदान गर्दछ ।
ACE वेबसाईट एक अनलाईन ज्ञानको भण्डार हो, जसले निर्वाचन प्रक्रियाहरु सम्बन्धी विस्तृत सूचना र सुहाउँदो सल्लाह प्रदान गर्दछ । वेबसाईटमा गहन लेखहरु, विश्वब्यापी तथ्याङ्कहरु, निर्वाचन सम्बन्धी विश्वकोष, निर्बाचन सम्बन्धी सूचना, निर्वाचन अबलोकन र व्यवसायिकता, बिकास क्षेत्र र देश विशेष स्रोतहरु, निर्वाचन सम्बन्धी दैनिक समाचार, निर्वाचन पात्रो, हाजिरी जवाफ, विशेषज्ञ सञ्जाल लगायत अरु धेरै बिषयहरु समावेश छन् । ACE को वेबसाईटमा प्रकाशित सामग्री सबै प्रयोगकर्ताहरुको पहुँच भित्र छ । ACE अभ्यासकर्ताहरुको सञ्जाल केवल पञ्जीकृत सदस्यहरुको लागि उपलब्ध छ । इच्छुक व्यक्तिहरुले सदस्यताका लागि दर्खास्त यहाँ पेश गर्न सक्नु हुनेछ ।
ACE सन् १९९८ मा ACE (Administration and Cost of Election) प्रोजेक्टको रुपमा IDEA, IFES र UNDESA द्वारा स्थापना गरिएको हो । सन् २००६ मा यसको नाम ACE Electoral Knowledge Network मा बदलियो । ACE आठ संगठनहरु: International IDEA, EISA, Elections Canada, The National Electoral Institute of Mexico (INE), IFES, The Carter Center, UNEAD, UNDP. बीचको आपसी सहयोगको प्रयास हो ।
बायाँ तर्फको नेभिगेसन पट्टी प्रयोग गरि ACE Electoral Knowledge Network को बारेमा थप जान्नुहोस । प्रश्नहरु र टिप्पणीहरु ACE Facilitators लाई सम्बोधन गर्न सकिन्छ ।