ए.सी.ई ले २०सौ वार्षिकोत्सव मनाउँदै —
नेपाली
 

ए.सी.ई ले २०सौ वार्षिकोत्सव मनाउँदै

यस बर्ष, ए.सी.ई निर्वाचन ज्ञान सञ्जालले बिश्वभर विश्वसनीय र पारदर्शी निर्वाचन प्रक्रियाहरुको प्रचार गर्ने निर्वाचन ज्ञान सम्बन्धि विश्वको सबैभन्दा ठुलो अनलाइन भण्डारका रुपमा २० बर्ष मनाउँदै छ । बार्षिक २.५ अर्बको संख्यामा पहुँच गरिएको यस वेबसाइटले १०,००० भन्दा बढी पानाका ज्ञानका स्रोतहरु अरबी, अंग्रेजी, फ्रेंच र स्पेनी भाषामा प्रदान गर्छ ।

तलको समयतालिकाले ए.सी.ई को हालसम्मको यात्रा  र आठवटा समर्पित साझेदारहरूले कसरी यो मंचलाई  जीवित  मात्र नभई सफल तुल्याए भनेर दर्शाउँछ । 

थप उत्सवको लागी संगै रहनुहोला .

आफ्ना सफलता मनाउने क्रममा, ए.सी.ई निर्वाचन ज्ञान सञ्जालले आफ्नो वेबसाइटको संरचनात्मक र दृश्य पुनर्निर्माणको सुरुवात गर्दैछ । साथै,  ए.सी.ईले “युवा र निर्वाचन” नामक नयाँ विश्वकोशको प्रारम्भ गर्नेछ । त्यस लगायत, ए.सी.ईका साझेदार संगठनले “निर्वाचन र विवाद” र “लिङ्ग र निर्वाचन” नामक विश्वकोशको प्रारम्भ गर्नेछन् ।

 

२०सौ वार्षिकोत्सवको औपचारिक समारोह भने अक्टोबर २०१८ मा  ए.सी.ई बार्षिक बोर्ड बैठकको संयोजन र निर्वाचन संगठनको अन्तर-अमेरिकी संघ ( UNIORE ) को १४ औ सम्मेलनका समयमा मेक्सिको शहरमा हुनेछ ।

 
Document Actions