ELECTION CANADA —
नेपाली
 

ELECTION CANADA

null

इलेक्सन्स क्यानाडा

इलेक्सन्स क्यानाडा प्रत्यक्ष रूपमा संसद्प्रति उत्तरदायी स्वतन्त्र तथा निष्पक्ष निकाय हो । सङ्घीय आम निर्वाचन, उप–निर्वाचन वा जनमत सङ्ग्रह आयोजना गर्न, क्यानाडा निर्वाचन ऐनका राजनैतिक वित्त व्यवस्थासम्बन्धी प्रावधानहरू लागू गराउन, कार्यान्वयनको अनुगमन गर्न तथा निर्वाचन कानुन कार्यान्वयन गर्नका लागि इलेक्सन्स क्यानाडा सधैँ तयार अवस्थामा हुनुपर्दछ । मतदाता शिक्षा एवं सूचना कार्यक्रमहरू सञ्चालन गर्नु तथा प्रत्येक दशकमा हुने जनगणनापछि सङ्घीय निर्वाचन क्षेत्रहरूको सीमा समायोजना गर्ने जिम्मेवारी प्राप्त स्वतन्त्र आयोगहरूलाई सहयोग उपलब्ध गराउनु पनि इलेक्सन्स क्यानाडाको कार्यक्षेत्र हो । अन्त्यमा, इलेक्सन्स क्यानाडाले वैकल्पिक मतदान विधिबारे अध्ययन गर्न सक्दछ भने संसद्को सहमतिमा निर्वाचन कार्यक्रमका क्रममा भविष्यमा प्रयोग गर्नका लागि विद्युतीय मतदान प्रक्रियाको परीक्षण गर्न पनि यसले सक्दछ ।

 

यसको वर्तमान अन्तरराष्ट्रिय प्राथमिकताका रूपमा इलेक्सन्स क्यानाडा निर्वाचन प्रशासनको क्षेत्रका सर्वोत्कृष्ट  अभ्यासहरूको पहिचान गर्ने र त्यसका लागि योगदान गर्ने उद्देश्यसहित सूचना आदानप्रदान गर्न अन्य निर्वाचन व्यवस्थापन निकायहरू तथा अन्तरराष्ट्रिय निर्वाचन संस्थाहरूसँग सक्रिय रूपमा संलग्न रहँदै आएको छ ।

वेबसाइट: http://www.elections.ca/ 

Document Actions