IFES

IFES
सिंहावलोकन
IFES निर्वाचन लोकतन्त्रका लागि व्यावसायिक सहयोग उपलब्ध गराइरहेको स्वतन्त्र, गैरसरकारी संस्था हो । स्थलगत कार्य, प्रयोगात्मक अनुसन्धान तथा पैरवीका माध्यमबाट हामी राजनैतिक तथा नागरिक समाजमा नागरिक सहभागिता, पारदर्शिता तथा जिम्मेवारपना प्रवर्द्धन गर्न प्रयास गर्दछौँ ।
हाम्रो विधि
वास्तविक तथा दिगो लोकतान्त्रिक परिवर्तन मुलुक भित्रबाट नै शुरु हुन्छ भन्ने कुरा IFES ले बुझेको छ । हाम्रा संस्थापक एफ क्लिफ्टन ह्वाइट ‘लोकतन्त्रको एउटा मात्र निश्चित ढाँचा’ हुँदैन भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । दुई दशकपछि हामीले स्थानीय संस्थाहरूसँग साझेदारी गर्ने, मुलुकको अवस्था, इतिहास र संस्कृति अनुरूप सहयोगको संरचना बनाउने तथा दिगो परिवर्तन सिर्जना गर्नका लागि तयार गरिएको विस्तृत एवं उद्देश्यपरक विशेषज्ञता उपलब्ध गराउने जस्ता हाम्रा कार्यलाई ह्वाइटकै दर्शनले अगाडि बढाउन थाल्यो । एक सयभन्दा बढी राष्ट्रमा यस महत्वपूर्ण कार्य सञ्चालनको २० वर्षको अनुभव IFES सँग छ । अन्तिम लक्ष्य भनेको जिम्मेवारीपना र पारदर्शिता बढाउने प्रणाली तथा कार्यविधिहरू तयार गर्ने र सर्वसाधारण नागरिकको हितमा सेवा गर्नु नै हो ।
हाम्रो कार्य
निर्वाचन तथा राजनैतिक प्रक्रियाहरू
सरकारी संस्थाहरूको सुदृढीकरण
यी परियोजनाहरूले स्वतन्त्र तथा स्वच्छ निर्वाचन सञ्चालन गर्नका लागि निर्वाचन अधिकारीहरूलाई सक्षम बनाउने संस्थाहरू तथा कार्यविधिहरू स्थापित गर्न सहयोग गर्दछन् । निर्वाचन आयोगहरूलाई सुझाव दिने, निर्वाचन कानुनहरू निर्माण गर्ने वा सुधार गर्ने कार्यमा सहयोग गर्ने, निर्वाचनकर्मीहरूलाई प्रशिक्षण उपलब्ध गराउने तथा प्रभावकारी मतदाता शिक्षा कार्यक्रमहरू तयार गर्ने लगायतका निर्वाचन प्रक्रिया चक्रलाई सहयोग पुर्याउने सबै किसिमका सेवाहरू हामी उपलब्ध गराउँछौँ ।
नागरिक समाज
आफ्ना लोकतन्त्रमा सहभागी हुन नागरिकहरूलाई सहयोग
हाम्रा परियोजनाहरूले सुविधाबाट वञ्चित समूहहरूको अधिकार प्रवर्द्धन गर्दछ, सञ्चार माध्यमको स्वतन्त्रता र सीप विकास गर्दछ, नागरिक समाज संस्थाहरूको गठबन्धन निर्माण गर्दछ, नागरिक शिक्षा सामग्रीहरू तयार गर्नुका साथै वितरण गर्दछ र सरकारका लागि अनुगमन साधनहरू तथा विधिहरू तयार गर्दछ ।
सुशासन
मतदाताप्रति राजनीतिज्ञहरूको जिम्मेवारीपनमा वृद्धि
हाम्रा परियोजनाहरूले सरकारको जिम्मेवारीपन तथा विभिन्न निकायहरू, राजनैतिक दलहरू तथा नागरिक समूहहरूबीच संवाद प्र प्रवर्द्धन गर्दछ । हामी भ्रष्टाचारको पहिचान र पर्दाफास गर्न नागरिक तथा पत्रकारहरूको सशक्तीकरण गरी सार्वजनिक सूचनाका माध्यमबाट सरकारी क्रियाकलापहरूसम्बन्धी ज्ञान अभिवृद्धि गरेर सुशासनलाई प्रोत्साहन गर्दछौँ र मतदाताहरुको सेवा गर्न आवश्यक सीप विकास गर्न र विकेन्द्रित शासन पद्धति कार्यान्वयन गर्न सरकारी अधिकारीहरूलाई सहयोग गर्दछौँ ।
हाम्रा कर्मचारी
IFES का कर्मचारीहरूको संरचनाले हाम्रो अन्तरराष्ट्रिय स्वरूपलाई प्रतिविम्बित गर्दछ । प्रत्येक परियोजना कार्यालयमा स्थानीय कर्मचारी राखिएका छन् भने प्रत्येक परियोजनाले स्थानीय विशेषज्ञहरूसँग साझेदारी गर्दछ । IFES का करिब चार सय कर्मचारीहरूमा निर्वाचन प्रशासन, कानुनी शासन, नागरिक समाजको विकास, सुशासन, प्रयोगात्मक अनुसन्धान, मानव अधिकार, लैङ्गिक मुद्दाहरू तथा सूचना प्रविधि समाधानहरू सम्बन्धी विज्ञहरू समेटिएका छन् । IFES का कर्मचारीहरूले विश्वभरिका ६० मुलुकहरुको प्रतिनिधित्व पनि गर्दछन् ।
वेबसाइट: http://www.ifes.org/