INE

राष्ट्रिय निर्वाचन संस्थान – मेक्सिको
मेक्सिकोको राष्ट्रिय निर्वाचन संस्थान (INE) मेक्सिकोमा सङ्घीय निर्वाचन आयोजना गर्न एवं सुपरीवेक्षण गर्न तथा स्थानीय निर्वाचनहरू संयुक्त रूपमा सन्चालन गर्नका लागि स्थानीय निर्वाचन व्यवस्थापन निकायहरूसँग सहकार्य गर्नका लागि जिम्मेवार संस्था हो ।
यस संस्था (जसको नाम सन् २०१३ डिसेम्बर – सन् २०१४ फेब्रुअरीमा भएको विधान संशोधनमार्फत् ‘सङ्घीय निर्वाचन संस्थान Institute of Federal Election-IFE बाट परिवर्तन गर्नुका साथै जिम्मेवारी लाई पनि वृहद् बनाइएको थियो) मेक्सिकन नागरिकहरूबीच चुनावी सहभागितालाई प्रोत्साहन गरेर, शान्तिपूर्ण एवं आवधिक निर्वाचनहरूलाई प्रवर्द्धन गरेर तथा चुनावी परिणामहरूको वैधतालाई पुष्टि गरेर मेक्सिकन लोकतन्त्रलाई सुदृढ बनाउने मान्यताका आधारमा स्थापना गरिएको निष्पक्ष संस्था हो ।
ACE चुनावी ज्ञान सञ्जालको एक साझेदार पनि रहेको INE ले सन् २००६ मा ACE को वेबसाइटलाई स्पेनिस भाषामा सार्वजनिक गर्नका लागि एउटा अभियानकै नेतृत्व गरेको थियो । ACE को प्रयासलाई प्रवर्द्धन गर्ने क्रममा अनुसन्धान तथा सहयोगमा योगदान गर्नुका अतिरिक्त यो संस्था ACE टोलीमा महत्वपूर्ण सहकर्मीका रूपमा रहँदै आएको छ ।
वेबसाइट: http://www.ine.mx/