UNDP

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP)
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) विश्वका मानिसहरूलाई थप राम्रो जीवनयापन गर्न सघाउन परिवर्तनका लागि पैरवी गरिरहेको र राष्ट्रहरूलाई ज्ञान, अनुभव तथा साधनस्रोतमा जोडिरहेको संयुक्त राष्ट्रसङ्घीय विश्व विकास सञ्जाल हो । UNDP ले मुख्यतयाः लोकतान्त्रिक शासन, गरिबी न्यूनीकरण, द्वन्द्व रोकथाम एवं पुनःस्थापना, वातावरण एवं ऊर्जा तथा एचआईभी/एड्स गरी पाँच वटा क्षेत्रमा काम गर्दछ ।
लोकतान्त्रिक शासनका लागि यस संस्थाले गर्दै आएको काम यसको १६६ वटाभन्दा कार्यालयको सञ्जाल र लोकतान्त्रिक शासनसम्बन्धी संस्थानहरूसँगको यसको विश्वव्यापी साझेदारीका कारण थप सशक्त भएको छ । लोकतान्त्रिक सङ्क्रमणको राष्ट्रिय प्रक्रियालाई सघाउने मुख्य सेवाहरू (१) नीतिगत सुझाव र प्राविधिक सहयोग; (२) संस्थानहरू एवं व्यक्तिहरूको क्षमता सशक्तीकरण; (३) पैरवी, सञ्चार एवं सार्वजनिक सूचना; (४) संवादको प्रवर्द्धन एवं मध्यस्थता; र (५) ज्ञान सञ्जाल एवं असल अभ्यासहरूको आदानप्रदानमा केन्द्रित हुने गरेको छ । UNDP ले काम गर्दै आएको लोकतान्त्रिक शासनको प्रमुख क्षेत्रहरूमध्ये निर्वाचन प्रणाली तथा प्रक्रियाहरूमा सहयोग उपलब्ध गराउनु पनि हो ।
यद्यपी निर्वाचन मात्रै लोकतन्त्रसँग समतुल्य नहुनु एउटा सत्य भए पनि स्वतन्त्र रूपमा गोप्य मतदान गर्ने कार्य लोकतान्त्रिक जीवनको एउटा दिगो चित्र एवं विशेषताका रूपमा रहेकै छ । अल्पकालीन, कार्यक्रम–निश्चित निर्वाचन सहयोगबाट उदाहरणीय मतदान ‘कार्यका लागि सहयोग, समाज एवं तिनीहरूका संस्थाहरूमा लोकतान्त्रिक सिद्धान्तहरूलाई दिगो बनाउनमा मद्दत गर्ने दीर्घकालीन निर्वाचन प्रणाली एवं प्रक्रियाहरूका लागि सहयोग सन्तुलन हासिल गर्नमा UNDP को चासो रहेको छ । यस परिप्रेक्ष्यमा UNDP ले सम्पूर्ण नागरिकलाई उनीहरूका प्रतिनिधिहरू स्वतन्त्र रूपमा निर्वाचन गर्न दिने तथा उनीहरूलाई प्रतिबद्धताहरू एवं परिणामहरूप्रति जिम्मेवार बन्न लगाउने दिगो एवं पारदर्शी निर्वाचन प्रक्रिया तथा संस्थानहरू प्रवर्द्धन गर्नका लागि काम गर्दै आएको छ ।
बिशेषत: UNDP ले आफ्ना कार्यक्रम सञ्चालन भइरहेका राष्ट्रहरू तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय साझेदारहरूसँग निम्नलिखित चार वटा प्रमुख परिणामहरूलाई प्रवर्द्धन गर्नका लागि कार्य गर्दछ:
· सबै तहमा स्वतन्त्र, स्वच्छ, पारदर्शी तथा दिगो निर्वाचनहरूलाई सक्षम बनाउने कानुनी तथा संस्थागत संरचनाहरूको उपस्थिति भएको;
· लोकतान्त्रिक अधिकार तथा जिम्मेवारीहरूका लागि मतदाता तथा नागरिक शिक्षा सन्चालन गरिएको;
· निर्वाचन सहयोगलाई समन्वय गरिएको;
· निर्वाचनहरूमा मतदाता तथा उम्मेदवारहरूका रूपमा महिलाको सहभागितालाई बढाइएको तथा दिगो बनाइएको ।
ACE को गतिशील सदस्यका रूपमा UNDP ले निर्वाचनसम्बन्धी सूचना सङ्कलन तथा सम्प्रेषणका लागि प्रासङ्गिक विविधतापूर्ण अनुसन्धान, आर्थिक सहयोग, विशेषज्ञता एवं सुझाव उपलब्ध गराउँदै आएको छ ।
वेबसाइट: http://www.undp.org/