Disability Rights and Elections
अपाङ्गता भएका व्यक्तिको अधिकार र निर्वाचन
स्वतन्त्र र निष्पक्ष निर्वाचनले राजनैतिक सहभागिताको अधिकार प्राप्तिमा योगदान गर्छ । मतदानको हक कुनैपनि व्यक्तिको लोकतान्त्रिक प्रक्रियाको सहभागिताका लागि अपरिहार्य छ । संस्कृति, लिङ्ग, जात, वर्ग, राजनैतिक आस्था, तथा अन्य सिधान्तका बावजूद मतदान गर्न पाउनु एक आवश्यकता हो । कयौ मुलुकहरुमा, सार्वजनिक मतदान पेटिकामा मतदान गर्न पाउँने सुविधाको कदर धेरै जनताले गरेका हुदैनन्। अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा भने, मतदान केन्द्र र प्रविधि, तथा मतदान प्रक्रियाका अन्य पक्षहरूको पहुँचले उनीहरुको नागरिक अधिकारको अभ्यासमा प्रभाव पार्छ । सामाजिक, राजनैतिक, भौतिक, र आर्थिक जस्ता परस्पर सम्बन्धित कारणले मतदानमा बाधा उत्पन्न गर्न सक्छन् । उदाहरणका लागि, मतदान सहभागितामा गरिबी र अपाङ्गताको प्रभाव छर्लंग देखिन्छ । चिकित्सा विज्ञानले परिभाषित गरेका बौधिक वा मनोसामाजिक अपाङ्गताको सामाजिक कलङ्कले गर्दा अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक र सार्वजनिक सहभागितामा ठेस पुग्दछ । त्यसैले, अपाङ्गता भएका व्यक्तिहरु, सद्देपन, क्षमता, उत्तरदायित्व, र नागरिकताको परिभाषाको जटिल चेपुवामा पर्ने गर्छन् ।
पहुँचको बिषयले चुनावका धेरै पक्षमा प्रभाव पार्छन् । अपाङ्गता भएका व्यक्तिहरुले राजनैतिक र निर्वाचन सहभागितामा कयौ बाधाहरुको सामना गर्नुपर्ने हुन्छ । यो मोड्युलले ती व्यक्तिहरुको निर्वाचन सहभागिता प्रोत्साहन गर्ने रणनीतिहरूको अध्ययन गर्दछ ।
यो मोड्युल निर्वाचन व्यवस्थापन निकायहरु, सरकार, दाताहरु, तथ्यांक सुरक्षा अधिकारी, गैर सरकारी संगठनहरु, लैङ्गिकता विज्ञ, अपाङ्गता विज्ञ, लगायत निर्वाचन प्रक्रियाको पहुँचमा चासो भएका परामर्शदाता, तालिमकर्ता र आ आफ्नो संस्थामा समावेशीकरण कायम गर्न चाहनेहरुका लागि तयार गरिएको हो ।
यो मोड्युलले सबै योग्य मतदाताहरुले सम्पूर्ण मतदान प्रक्रियामा समावेश हुन पाउने सुनिश्चितताका लागि तालमेल गर्न आवश्यक सरकारी र सामाजिक पक्षहरूको अन्वेषण गरेको छ । ती हुन् :
१) कानुनी ढाँचा
२) सामाजिक र राजनीतिक अवसरहरू र राजनीतिक सहभागितामा सहजता
३) मतदाता दर्ता र मतदान शिक्षाको पहुँचस
४) चुनाव व्यवस्थापनस र
५) निर्वाचन अवलोकन
मुख्य बुझाईहरु
- अपाङ्गता भएका व्यक्तिहरुलाई राजनैतिक र सार्वजनिक जीवनमा सहभागी हुने पूर्ण अधिकार छ र अरु व्यक्तिकै बराबरीमा ती राजनैतिक अधिकार उपभोग गर्ने अवसर प्रदान गरिनुपर्छ।
- अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको आवश्यकता जस्तै विविधता पनि निकै छ ।
- अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो राजनैतिक लगायत अन्य अधिकारको प्रयोगमा निकै बाधा र अडचनको सामना गर्नुपर्ने हुन्छ ।
- अपाङ्गता भएका व्यक्तिहरुसँग सम्वन्धित संयुक्त राष्ट्र«संघीय महासन्धी (CRPD) ले राजनैतिक तथा अन्य अधिकारको बराबर पहुँचका लागि राज्यहरुलाई राजनीतिक सहभागितामा आउने अवरोधहरु पहिचान गर्न र हटाउन अनिवार्य गरेको छ ।
- गैर-भेदभावका लागि, निर्वाचन प्रक्रिया, सुविधा, र सामग्रीहरू उपयुक्त, पहुँच योग्य र बुझ्न र प्रयोग गर्न सजिलो हुनुपर्छ ।
- अपाङ्गता भएका व्यक्तिहरुलाई राजनैतिक तथा अन्य अधिकारको उपयोग गर्ने क्रममा आवश्यक परेको खण्डमा, उचित आवासको सुविधा प्रदान हुनुपर्छ ।
- अपाङ्गता भएका व्यक्तिहरु र तिनका प्रतिनिधि संगठनहरु निर्वाचनका महत्वपुर्ण हिस्सेदार हुन् र निर्वाचन प्रक्रियाको हरेक चरणमा उनीहरुको ठुलो भूमिका हुन्छ ।
- अपाङ्गता भएका व्यक्तिहरुसँग सम्वन्धित संयुक्त राष्ट्र«संघीय महासन्धी (CRPD) को पक्षराष्ट्रले निर्वाचन सहभागिता ( मतदान वा उम्मेदवारी) मा प्रतिबन्ध गर्नु गैह्रकानुनी हुन्छ ।
मोड्युलका उदेश्यहरु
- निर्वाचन प्रक्रियाको हरेक चरणमा अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक तथा अन्य सहभागितामा अवरोध पुर्याउने तत्वहरुको पहिचान गरी तिनको अन्त्य गर्ने उपायहरुको खोजी गर्ने ।
- वकालत समूहहरूको लागि अन्तरक्रियाको अवसर लगायत निर्वाचन संरचना र प्रक्रियाको विश्लेषणका लागि उपकरण प्रदान गर्ने, तथा अपाङ्गता भएका व्यक्तिहरुलाई अवसरको पँहुच सुनिश्चित गर्न विभिन्न रणनीतिको विकास गर्ने ।
- निर्वाचन प्रक्रियाको हरेक चरणमा अपाङ्गता भएका व्यक्तिहरु र तिनका प्रतिनिधि संस्थाहरुसँग राजनैतिक सहभागिता सीमित गर्ने अवरोधहरुका वारेमा निर्वाचन पश्चात पनि विश्लेषण गरि अवरोधहरु अन्त्य गर्न विचार विमर्शहरुमा जोड दिने ।
मोड्युलको रूपरेखा
- मुख्य बुझाई
- अपाङ्गता सम्बन्धि बुझाई
- मानव अधिकार र अपाङ्गता
- राजनैतिक सहभागिता
- निर्वाचन प्रक्रियामा समावेशिता
- निर्वाचन प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिताका लागि कानुनी ढाँचा
- निर्वाचन व्यवस्थापन निकाय
- नामावली दर्ता र अपाङ्गता समावेशिकरण
- उम्मेदवार नामांकन र अपाङ्गताको समाबेशीकरण
- मतदाता सूचना र शिक्षा, र अपाङ्गताको समाबेशीकरण
- मतदान प्रक्रिया र अपाङ्गताको समाबेशीकरण
- चुनाव अवलोकन र अपाङ्गताको समाबेशीकरण
- चुनाव समापन पश्च्यातका प्रक्रिया र अपाङ्गताको समाबेशीकरण
- सम्भव तुल्याउने: सबैका लागि पहुच