Electoral Dispute Resolution —
English
 

Electoral Dispute Resolution

निर्वाचन विवाद समाधान

व्यस्थापन निकाय, अदालत, र विधानसभामा निर्वाचन विवादहरुको असर कम गर्न यस्ता विवादहरु शिघ्र र सही तरिकाले सम्बोधन गरिनु महत्वपूर्ण हुन्छ । विभिन्न कारणहरुले निर्वाचनमा åGb र विवादको सम्भावना निम्तन्छन् । ति कारणहरुमध्ये विजेताले जसरी पनि जित्ने भन्ने हुन्छ । साथै, ति उम्मेद्वारहरु, जो विवादसँग अभ्यस्त छन् र बिजयी भएको खण्डमा बिधानसभामा पनि बहसमा पनि तर्कविर्तक गर्नेछन् । त्यस्तै, कानुनलाई आफ्नो हातमा लिएर सरकारी कर्मचारीलाई बेवास्ता गर्ने शक्तिशाली व्यक्तिहरुले पनि विवाद निम्ताउन सक्छन् । महत्वपूर्ण सिधान्तहरुको कारणलाई लिएर पनि विवाद हुन सक्छ । प्राय, सञ्चार माध्यमका कारण पनि विवादहरु सार्वजनिक हुन्छन् । शिष्ट देखि असभ्य, इमान्दार देखि कम इमान्दार, सबै मुलुकहरु विवादमा संलग्न हुन सक्छन् ।

यस्ता विवाद समाधान गर्न कठिन हुन्छन् र चरम प्रभाव ल्याउनेले मुलुकभित्र बिभाजन पनि निम्त्याउन सक्छन् र यिनको समाधान निकै कठिन हुन्छ ।  विवादहरु जतिसक्यो शिघ्र, सहि ढंगबाट सम्बोधन गर्नु निर्वाचन व्यवस्थापन निकायहरुको महत्वपूर्ण भूमिका हुन्छ । विशेषगरी निर्वाचन व्यवस्थापन गर्ने निकायहरु निर्वाचन गराउन केन्द्रित भएको समयमा यस्तो हुनसक्छ । निर्वाचनको गुणस्तरीयता घटाउन र शान्तिसुरक्षामा दखल पुर्याउन यस्ता विवादहरु देखा पर्छन ।

निर्वाचन विवादहरुको समाधानमा विधानसभाको संलग्नता हुने केही मुलुकहरु भएतापनि, यस मोड्युलले त्यस्तो विधानसभाको भूमिकालाई समेटेको छैन । आधुनिक अन्तर्राष्ट्रिय अभ्यास अनुसार स्वतन्त्र अदालतको माध्यमबाट यस्ता निर्वाचन सम्वन्धी उल्लेख्य विवादहरुको सम्बोधन गरिन्छ ।

 

 

 

 

मुख्य बुझाईहरुः

-    मौलिक अधिकारहरु र निर्वाचन प्रक्रिकाको सुध्रिढिकरण गर्न, शान्तिपूर्ण तवरले सरकारको फेरबदल गर्न र निर्वाचनसँग सम्बन्धित हिंसा र अशान्ति उन्मुलन गर्न प्रभावकारी निर्वाचन विवाद समाधान प्रणाली आवश्यक हुन्छ ।

 

-    निर्वाचनको हरेक चरणमा विवाद समाधान अत्यावश्यक हुन्छ। तसर्थ, आइपर्ने विवादहरुको समयमै र प्रभावकारी ढङ्गले समाधान गर्ने किसिमको निर्वाचन विवाद समाधान प्रणाली संरचना बनाइनुपर्छ ।

 

-    मुलुकमा जुनसुकै निर्वाचन विवाद समाधान प्रणाली भएपनि मुलुकको निर्वाचन व्यवस्थापन निकायसँग आफ्नै विशेषज्ञ, स्वतन्त्र र अधिकार सम्पन्न कानुनी संरचना आवश्यक पर्दछ जसले विवाद समाधान गर्ने प्रक्रियाहरुका स्थापित मान्यता र सिधान्तहरु पुरा गरेको होस् ।

 

-    अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रतिज्ञापत्र र सम्झौताअनुसार निर्वाचन विवाद समाधान प्रक्रियाले प्रभावकारी, शीघ्र ढङ्गले विवाद  समाधान गरि वैकल्पिक उपायहरु प्रदान गर्नुपर्ने आवश्यकतालाई दर्शाएका छन् ।

 

-    कानुनी र नियमन संरचनाले कहाँ, कहिले, र कसरी निर्वाचन विवाद समाधान हुने भनेर तय गर्छन् र यो संरचना स्थापित मापदण्ड र सिधान्तहरू अनुरुपको हुनुपर्दछ ।

 

-    प्रभावकारी निर्वाचन विवाद समाधान प्रणालीले न्यायको सिधान्त र अभ्यास, न्यायमा पहुँच र प्रशासनिक कानूनलाई आत्मसाथ गरेको हुनुपर्दछ ।

 

-    बैकल्पिक विवाद समाधान प्रणाली विवाद समाधानको एक पूरक औजार हो, जुन अन्तर्राष्ट्रिय निर्वाचन विवाद समाधानको मापदण्ड र सिधान्तहरु अनुरुप हुनुपर्छ ।  

 

-    सरोकारवालाहरुले निर्वाचन विवाद समाधान प्रक्रियाको नतिजा स्वीकार गर्नका लागि, निर्वाचन प्रक्रियाको हरेक चरणमा विवाद समाधानका पूर्व निर्धारित मापदण्ड र नियमहरू स्थापित गरिनु आवश्यक छ । ती मापदण्ड र नियमहरु कर्मचारीको तालिम र सरोकारवालाको प्रभावकारी शिक्षा åf/f सुदृढ गरिनुपर्छ ।

 

मोड्युलका उदेश्यहरू

-    विवाद समाधान किन निर्वाचन प्रक्रियाको एक महत्वपुर्ण भाग हो भन्ने कारण बुझ्नु ।

-    निर्वाचन विवाद समाधानमा संलग्न निकायहरुलाई ध्यानमा राख्नु ।

-    निर्वाचन विवाद समाधानलाई सुदृढ गर्ने कानूनी र नियामक संरचनालाई ध्यानमा राख्नु ।

-    निर्वाचन विवाद समाधानमा प्रयोग हुने कार्यविधि र तिनका फाइदा र बेफाइदाहरु ध्यानमा राख्नु ।

-    निर्वाचन विवाद सम्झौतामा लागु हुने स्वीकृत मापदण्ड र सिधान्तहरुलाई ध्यानमा राख्नु ।

-    निर्वाचन विवाद समाधानको प्रशासनीक प्रक्रिया र मामलाहरुको प्रवन्धलाई ध्यानमा राख्नु ।

-    अनुसन्धान र न्यायिक प्रक्रियाको क्रममा आवश्यक सीपहरुको  अभ्यास गर्नु ।

-    निर्वाचन विवाद समाधानको सार्वजनिक पहुँच र प्रशिक्षणमा संलग्न रणनीतिहरुको खोजी गर्नु ।

 

मोड्युलको रुपरेखा

-    मुख्य बुझाइहरु

-    निर्वाचन विवाद समाधान किन महत्वपूर्ण छ ?

-    निर्वाचन विवाद समाधानको परिचय

-    निर्वाचन व्यवस्थापन र निर्वाचन विवाद समाधान

-    निर्वाचन विवाद समाधानका अन्तराष्ट्रिय मापदण्ड र दायित्वहरु

-    निर्वाचन विवाद समाधानको लागि कानुनी र नियामक संरचना

-    विवाद समाधानमा कानुनी र नियामक संरचनाहरु

-    बैकल्पिक निर्वाचन विवाद समाधान

-    निर्वाचन विवाद समाधानका सरोकारवालाको प्रभावकारी शिक्षा, प्रशिक्षण, र पहुँच

 

-    सम्भव तुल्याउने

Document Actions