Electoral Systems
निर्वाचन प्रणालीहरु
निर्वाचन प्रणालीको छनोट कुनै पनि लोकतन्त्रका लागि सबैभन्दा महत्वपूर्ण मध्येको एक संस्थागत निर्णय हो । प्रायः निर्वाचन प्रणालीले मुलुकको राजनैतिक भविष्यको गति तय गरेको हुन्छ र निर्वाचन प्रणालीको छनौट गरिसकेपछि प्राय यो स्थीर नै रहन्छ किनकि राजनैतिक स्वार्थ निर्वाचन प्रणालीले उपलब्ध गराउने अवसरहरुलाई शिरोपर गरि घुमिरहन्छ । o2lk, प्रणालीको छनौट आजकाल सद्a'l4ले गरिने भएपनि परम्परागत छनौट बिरलै जानाजानीले गरिएको अवस्था थियो । विभिन्न परिस्थितिहरूको असामान्य संयोजन, कुनै प्रचलन, उपनिवेशवादको प्रभाव र छिमेकी मुलुकहरुको बलियो दबाब जस्ता कारणहरुले निर्वाचन प्रणाली छनोटमा आकस्मिक भूमिका खेलेका हुन्थे ।
ब्रीज परियोजनाले निर्वाचन प्रक्रियाका कुनैपनि अंश सिफारिस गर्नबाट टाढै रहेने प्रयास सधैं गर्दछ । निर्वाचन व्यवस्थापकहरुको परिपक्कतालाई ख्याल गरेर, वहाँहरुलाई नै निश्चित निर्बाचन प्रक्रियाका सकारात्मक र नकारात्मक पक्षहरुलाई केलाउने अवसर परियोजनाले प्रदान गर्दछ । २०१६ को सुरुवातमा यो मोड्युललाई विभिन्न निर्वाचन प्रणालीहरुका पक्षहरुलाई सुक्ष्म रुपमा केलाएर, तुलना गरेर, तिनका प्रभावहरु हेरेर, हालसालैका मामिला अध्ययनहरुलाई अध्ययन गरेर, परिस्किृत गरिएको छ ।
“निर्वाचन पद्धती किन महत्वपूर्ण छन् ?”भन्ने प्रश्नबाट यो मोड्युल सुरु हुन्छ । यो मोड्युल उपयोगी छ किनकि निर्वाचन प्रणालीहरुको अध्ययन जरुरी छ भन्ने अनुभूति गर्दा (धेरैजसो सहभागीले यसलाई जरुरी ठान्ने भएकैले यस कार्यक्रमा सहभागि गराइएको हो), यसले निर्वाचन प्रणालीहरुको क्रमa2 पक्षलाई आफ्नो विषय बनाएको छ । प्रतिनिधित्व र निष्पक्षतालाई जोड दिने आधारभूत सिधान्तहरुलाई यस मोड्युलले समेटेको छ । ब्रीज परियोजनाका साझेदारहरुको मान्यतामा कुनै पनि निर्वाचनको प्रक्रिया सफल हुन सो पक्षका लागि सान्दर्भिक हुनुपर्छ र यसलाई कार्यान्वयन गर्ने पक्षले अपनत्व ग्रहण गरेको हुनुपर्दछ । यस सन्दर्भमा सहभागीहरुलाई थुप्रै सम्भावित निर्वाचन प्रणालीहरु प्रस्तुत गरिएको छ जसबाट आफ्नो परिवेश सुहाँउदो उपयुक्त प्रणालीका सकारात्मक पक्षहरुलाई पहिचान गर्न प्रोत्साहन गरिन्छ । विभिन्न प्रणालीहरुबारे मनन गरिसकेपछि सहभागीहरुले मोड्युलबाट प्राप्त बुझाई अनुसार रणनीतिक सुधार योजना तर्जुमा गर्ने मौका पाउछन् ।
मुख्य बुझाईहरुः
- हरेक मुलुकले आफ्नै निर्वाचन प्रणाली चयन गर्छ ।
- निर्वाचन प्रणालीका धेरै विशिष्ट पक्षहरु हुन्छन् ।
- निर्वाचन प्रणाली छनोट लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण संस्थागत निर्णय मध्येको एकहो ।
- निर्वाचन प्रणालीका तीन प्रमुख “समुहहरु” छन् ।
- भिन्न निर्वाचन प्रणालीले भिन्न निर्वाचन नतिजाहरु दिलाउछन् ।
मोड्युलका उदेश्यहरु
- निर्वाचन प्रणालीका विभिन्न प्रणालीहरु र विकल्पहरुको परिचय ।
- निर्वाचन प्रणाली संरचनाका मुख्य सिधान्तहरु र मापदण्डको परिचय ।
- बैकल्पिक निर्वाचन प्रणालीले समाजका विभिन्न समुदायहरुको प्रतिनिधित्व, मूल्य, र संस्थाहरुको दिगोपनामा ध्यान दिने ।
मोड्युलको रुपरेखा
- मुख्य बुझाइहरु
- निर्वाचन प्रणालीका अन्र्तनिहित सिद्धान्तहरु
- निर्वाचन प्रणालीका आधारभूत पक्ष
- तीन निर्वाचन प्रणालीहरु
- निर्वाचन प्रणालीका उदाहरणहरु
- विभिन्न निर्वाचन प्रणालीका असरहरु
- निर्वाचन प्रणालीहरुको तुलना
- प्रतिनिधित्वका रणनीतिहरु
- निर्वाचन प्रणालीहरुको सन्दर्भ
- निर्वाचन प्रणाली सुधार र परिवर्तन
- सम्भव तुल्याउने