Gender Equality and Elections —
Français
 

Gender Equality and Elections

लैङ्गिक समानता निर्वाचन

यस मोड्युलले  पुरुष र महिलालाई (विशेषगरी मोड्युलमा महिला- सामान्य पहुँचको विषय पहुँच मोड्युलमा समावेश गरिएको छ ) निर्वाचन प्रक्रियाको पहुँचमा आउने अवरोधहरुको अध्ययन गरेको छ ।  निर्वाचन प्रक्रियामा महिला र पुरुष दुवैको पहुँचको अध्ययन गरेतापनि, यो बुझ्न जरुरी छ कि यो पहुँच समान हुँदैन र तुलनात्मक रुपले महिलाहरुले निर्वाचन सहभागितामा धेरै चुनौतीहरु सामना गर्नुपर्छ ।

अन्तराष्ट्रिय मापदण्डहरू र कानूनी आधारहरू, विषेश अस्थायी उपायहरू, समावेशी राजनीतिक दलहरू, समावेशी निर्वाचन व्यवस्थापन र निर्वाचन पर्यवेक्षणमा लैङ्गिक निगरानीलाई ध्यानमा राखेर अवरोधहरु पहिचान गरिसकेपछि, ती अवरोधहरूको समाधानका लागि विभिन्न कृयाकलापहरुको खोजी गरिन्छ । राजनैतिक सहभागितामा विश्वभरीनै महिलाहरुले अवरोधहरु झेल्नुपरेको हुन्छ, o2lk यी अवरोधको मात्रा विभिन्न मुलुक र क्षेत्रअनुसार फरक फरक रहेको पाइन्छ । तसर्थ, यस मोड्युललाई ख्यालपूर्वक प्रयोग गरिनु आवश्यक छ ।

यो मोड्युलको उदेश्य निर्वाचन प्रक्रियामा महिला सहभागिता अभिa[2L का निम्ति सहभागीहरुलाई आवश्यक ज्ञान र कौशलता प्रदान गर्नु हो । सहभागीहरुले राजनैतिक सहभागितामा आउने अवरोधहरु सामना गर्ने महत्वपूर्ण रणनैतिक कौशलहरु सिक्नेछन्। साथै, लोकतन्त्र र निर्वाचन प्रक्रियाहरूमा महिला सहभागिताको महत्वलाई निर्वाचन व्यवस्थापन निकायहरुले बुझ्ने मौका पनि यस मोड्युलले प्रदान गर्दछ । यसका साथै, मोड्युलले महिला सशक्तिकरण र वकालत समूहबीच सञ्जाल बिस्तारमा पनि सहयोग पुर्याउँछ ।
 

मोड्युलको प्रमुख सिकाइ औजार भनको खाली ठाँउसहितको कार्यपुस्तिका हो जहाँ सहभागीहरुले कार्यशालामा रहँदा आफ्ना सोच बिचारहरु लेख्न सक्छन् । यी कार्यपुस्तिका स्थानीय बजारमै उपलब्ध हुने पनि हुन सक्छन् वा समय र श्रोतले भ्याएसम्म राम्रोसँग डिजाइन गरिएका सहभागीहरुको हातेपुस्तिकाको रुपमा पनि तयार गरिएको हुनसक्छ ।

लैंगिक विषयहरु उठाउने क्रममा शक्ति सन्तुलन र सवालहरु, वास्तविक वा अनुभव गरिएका अन्याय, अवधारणामा मतभेद, प्रतिरोध तथा अन्य अप्रत्याशित प्रतिक्रियाहरू सहभागीबाट आउन सक्छन् । प्रशिक्षकका हिसाबले, त्यस्ता मनोभावहरुलाई खुल्ला र प्रभावकारी तवरबाट सम्बोधन गर्न सहजकर्ता तयार रहनुपर्दछ । यसका लागि, प्रत्यक्ष एकल कुराकानी, समूहगत सहजिकरण, जस्तै घेरा बनाएर, जहाँ सबैलाई आफ्नो भनाई राख्ने मौका हुन्छ, वा शुरुदेखिनै विश्वासको वातावरण निर्माणåf/f गराउन सकिन्छ ।

मुख्य बुझाइहरुः

-       ऐतिहासिक, सांस्कृतिक लगायत अन्य कारणहरूले अधिकाशं समाजमा, निर्वाचन प्रक्रियामा समेत, महिलाहरूले अहिले सम्म समानता प्राप्त गरेका छैनन् ।

-       मानव अधिकार सबैका लागि हो, महिला र पुरुषबीच समान अधिकार र निर्वाचन प्रणालीमा पनि समान पहुँच हुनुपर्दछ ।

-       कानुनमा महिला र पुरुषबीच समान निर्वाचन अधिकार भएता पनि, देशमा कायम रहेका केही अभ्यासहरुका कारण महिलामाथि भेदभाव वा असुविधा निम्ताउन सक्छन् ।

-       मुलुकको निर्वाचन प्रणालीले महिलाहरुको चयन संख्यामा ठूलो प्रभाव पार्न सक्दछ ।

-       महिलाहरुको व्यापक सहभागिता सुनिश्चित गर्न निर्वाचन व्यवस्थापन निकायहरुले धेरै कदमहरु चाल्न सक्दछन् ।

-       घरेलू र अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षकहरुले निर्वाचनमा जनविश्वास र महिलाको सहभागितामा योगदान दिन सक्दछन्।

मोड्युलका उदेश्य

-       निर्वाचन व्यवस्थापन निकायहरुले निर्वाचनमा महिला तथा पुरुष दुवैको अनुभवलाई ध्यानमा राख्न जरुरी रहेको बुझ्नुपर्ने ।

-       निर्वाचन व्यवस्थापन निकायहरुले निर्वाचन प्रक्रियार लोकतन्त्रमा महिला सहभागिता को आवश्यकता र त्यसको सुधारका बारे बुझ्नुपर्ने ।

-       पैरवीकर्ता र अभियन्ताहरुले महिलाको राजनैतिक सशक्तिकरणका लागि निर्वाचन प्रणालीबारे बुझ्ने र महिला सहभागिता अभिa[2L का लागि रणनीतिहरु विकास गर्ने ।

-       निर्बाचन प्रत्रियाहरु र निर्वाचनलाई लैंगिक अवधारणाबाट नियाल्ने गरि सबै सहभागिहरुलाई औजारहरु उपलब्ध गराउने ।

- महिला अधिकारको पैरवी गर्ने अधिकारकर्मीहरुको सञ्जाल बनाउन अवसर दिने ।

मोड्युलको रुपरेखा

-       मुख्य बुझाई

-       परिचयः लैंगिकता, लोकतन्त्र, र समानता

-       विशेष अस्थायी उपायहरु

-       समावेशी राजनैतिक दलहरू

-       समावेशी निर्वाचन व्यवस्थापन

-       निर्वाचन पर्यवेक्षण, अनुगमन र लैंगिकता

-       लैंगिकता र निर्वाचन हिंसा

-       सम्भव तुल्याउने, परिवर्तनका लागि काम गर्ने

 

 

Actions sur le document