Media and Elections —
English
 

Media and Elections

आमसञ्चार र निर्वाचन

अभिव्यक्तिको स्वतन्त्रता र राजनैतिक सहभागिताः निर्वाचन र स्वतन्त्र सञ्चार माध्यम मानव अधिकारका मौलिक पक्षहरु हुन् । आम जनतालाई निर्वाचनवारे सुसूचित गराउन, निर्वाचन शिक्षामा सघाउन र प्रतिस्पर्धामा उभिएका pd]åf/हरुको पँहुचका लागि एउटा सफल निर्वाचन निकायका लागि स्वतन्त्र सञ्चार माध्यम  अत्यावश्यक हुन्छ । सञ्चार माध्यमको पूर्ण सहभागिताले निर्वाचनको निष्ठा र विश्वसनीयता अभिa[2L गर्न सघाउँछ । निर्वाचन र निर्वाचन प्रक्रिया वारे जानकारी गराउन सञ्चार माध्यमलाई नियमन पनि गर्ने एक सशक्त निर्वाचन व्यवस्थापन निकायको सहयोग रहन्छ ।

थुप्रै सहकार्य हुँदाहुँदैपनि निर्वाचन व्यवस्थापन गर्ने निकाय र सञ्चार माध्यमहरु बीच, उनीहरुको आआफ्नै भूमिका र जिम्मेवारीले गर्दा, सम्वन्ध पेचिलो हुन्छ । निर्वाचन व्यवस्थापन निकायका सदस्यहरुले सीमित समयसीमा भित्रै आफ्नो जिम्मेवारी निभाउने जिम्मेवारी हुन्छ भने सञ्चार माध्यमले टिप्पणी गर्न हरबखत तयार भैदिए हुन्थ्यो भन्ने हुन्छ ।

निर्वाचन व्यवस्थापन गर्ने निकायका कर्मचारीहरुले निर्वाचन व्यवस्थापन गराउन आइपर्ने अनेक किसिमका वाधाविघ्नहरुलाई समाधान गर्दै जानुपर्ने टड्कारो आवश्यकता हुन्छ। सञ्चार माध्यमहरुले कमजोरीहरु नियमहरु उल्लंघनका घटनाहरु सम्बोधनका लागि रखवाली गर्दछन् । निर्वाचन व्यवस्थापन निकायका कर्मचारीहरु विषेश प्राविधिक ज्ञान भएका हुन्छन् भने पत्रकारहरु प्राविधिक शब्दजाललाई चिर्दै आम जनताले बुझ्नेगरि सामान्यीकरण गर्दै लेख्नुपर्ने हुन्छ ।

आम सञ्चार र सञ्चार स्वतन्त्रता के हुन् र निर्वाचनलाई लोकतान्त्रिक तवरले सम्पन्न गराउन किन यिनीहरुको सम्मान गर्नुपर्छ भन्ने प्रवेश विन्दुबाट यो मोड्युलले अध्ययन गरेको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायहरु र तिनको सञ्चार माध्यमसँगको सम्वन्ध र निर्वाचन प्रक्रियाको विभिन्न चरणहरुमा सञ्चार माध्यमको भूमिकालाई पनि चर्चा गरिएको छ । त्यससँगै आचारसंहिता लगायत सञ्चारमाध्यमको नियमनका सवाल र दृष्टिकोणहरुलाई पनि यो मोड्युलले समेटेको छ ।

सञ्चार माध्यमहरुले निर्वाचनको समाचार बनाउने क्रममा निर्वाचन कार्यान्वयन निकायहरुले भोगेका वास्तविक घटनाहरुलाई पनि यहाँ समेटिएको छ र कसरी सञ्चार माध्यम र निर्वाचन व्यवस्थापन गर्ने निकायहरुबीच सम्वन्ध विकास गराउन सकिन्छ भन्ने व्यवहारिक पक्षहरुलाई पनि यहाँ समेटिएको छ । मतदाता र नागरिक शिक्षा लगायत अपांगता भएका जनता, महिला लगायत सुविधाहीन समूहहरुको समावेशिकरणलाई बढावा दिन कसरी निर्वाचन व्यवस्थापन निकायहरु र सञ्चार माध्यमहरु मिलेर काम गर्न सक्छन् भन्ने पक्षलाई पनि यहाँ केलाइएको छ ।

 

अन्तिमका भागहरुमा निर्वाचन व्यवस्थापन निकायहरुको सञ्चार नीति तर्जुमा, सञ्चार माध्यम र निर्वाचन व्यवस्थापन निकायहरुबीच सम्वन्ध बिकासका तौरतरिकाहरु, प्रेसलाई उपयोगी हुने सामाग्री (प्रेस किट) निर्माण, सार्वजनिक कार्यक्रमहरुको निर्माण, पत्रकार सम्मेलन, प्रेस विज्ञप्ती र सक्रिय र अनलाइनमा प्रभावकारी उपस्थिती जस्ता विषयहरु समावेश गरिएको छ ।

इन्टनेसनल आइडियाले यो मोड्युललाई २०१७मा अध्यावधिक गरेको हो । केही सञ्चार माध्यमहरुलाई शुरुदेखिनै समावेश गरिएको छ । अन्य विषयवस्तुको अलावा नागरिक पत्रकारिता, भ्रामक समाचार (फेक न्यूज), राजनीतिमा पैसा र सञ्चारको सम्वन्ध समेटिएको छ । यसमा नयाँ र केही अध्यावधिक विषयवस्तुहरुलाई पनि समेटिएको छ ।

मुख्य बुझाईहरुः

-       स्वतन्त्र खुला सञ्चार माध्यम पारदर्शी र जवाफदेही लोकतान्त्रिक निर्वाचन प्रक्रियाकाका लागि आवश्यक हुन्छन् ।

-       निर्वाचन पक्रियाको सफलताका लागि निर्वाचन व्यवस्थापन निकाय र सञ्चा रमाध्यमबीच दरिलो र व्यवसायिक सम्वन्ध विकास गर्नु आवश्यक हुन्छ ।

-       निर्वाचनका सरोकारवालाहरुसँग सम्बाद सम्वन्ध विकासका लागि सबैजसो सञ्चारमाध्यमहरुलाई समेट्न निर्वाचन व्यवस्थापन निकाहरुका लागि विभिन्न विधि, प्रविधि र तौरतरिकाहरु रहेका छन् ।

-       निर्वाचन प्रक्रियाहरुमा सरोकारवालाहरुलाई समावेश गराउने हो भने प्रभावकारी सञ्चार योजना आवश्यक हुन्छ ।

मोड्युलका उद्देश्यहरुः

-       सम्पूर्ण निर्वाचन प्रक्रियामा सञ्चार माध्यमको भूमिका बुझाई ।

-       सम्पूर्ण निर्वाचन प्रक्रियामा निर्वाचन व्यवस्थापन निकायहरु र सञ्चार माध्यमहरुबीच असल व्यवसायिक सम्बन्ध विकास र कायम ।

-       सञ्चार माध्यमहरुसँग काम गर्दा नियामक संरचनाको विकास र कार्यान्वयनप्रतिका दृष्टिकोण विश्लेषण ।

-       निर्वाचन व्यवस्थापन निकायहरुको निर्वाचन सरोकारवालाहरुसँग दरिलो सञ्चारसम्बन्धका लागि सञ्चार माध्यमहरुसँग मिलेर काम गर्न आवश्यक रणनीतिहरुको खोजी । 

 

मोड्युलको रुपरेखा

-       यस मोड्युलका मुख्य बुझाईहरु

-       सञ्चारको परिचय र निर्वाचन चक्र

-       निर्वाचन व्यवस्थापन निकायहरु र सञ्चार सम्बन्ध

-       कानुनी र संस्थागत ढाँचाहरु

-       सञ्चार सम्वन्धि सूचनाका विधि तथा तौरतरिकाहरु

-       रणनैतिक सूचना योजना निर्माण

 

-       सम्भव तुल्याउने  

Document Actions