Operational Planning —
English
 

Operational Planning

कार्य योजना

 

यो मोड्युलको उदेश्य  निर्वाचन व्यवस्थापन निकायहरुलाई कार्य योजना प्रक्रिया, निर्वाचन कार्य प्रक्रियाका मुख्यमुख्य चरणहरुको व्याख्या र कार्य प्रक्रियालाई सघाउने रुपरेखाको विश्लेषण र स्थापनामा सघाउनु रहेको छ । समग्र निर्वाचन योजना निर्माणका साथै निर्वाचन व्यवस्थापन निकायका क्षेत्रहरुमा आवश्यक गरिनुपर्ने क्रियाकलाप तथा सहयोगी क्रियाकलापहरुका लागि व्यक्तिगत रुपमै सुझावहरु तोकेरै वर्णन गर्नु जरुरी हुन्छ । यसो गर्दा जवाफदेहिता, विश्वास अभिa[2L, जोखिमहरु न्यूनीकरण र जोखिमको सामना गर्ने रणनीतिहरु बनाउन d2t पुग्छ । 

 

कार्ययोजना प्रक्रियाका विश्लेषण र व्यवहारिक पक्षहरु हुन्छन् जसलाई निर्वाचन व्यवस्थापन निकायहरुलाई सघाउने हेतुले यो मोड्युलमा समेटिएको छ । निर्वाचनको वातावरण, नीतिगत निर्णयहरु, कानुनी आधार, श्रोतसाधन, आन्तरिक र संस्थागत आवश्यकताहरुको चर्चा गर्दै मुख्य कार्य योजनाका अवधारणा र कार्यप्रणालीहरु समेटिएको छ । व्यवहारिक पक्षहरु समेटिएको मोड्युलको दोश्रो भागमा निर्वाचन व्यवस्थापन निकायहरुले गर्नुपर्ने योजना तर्जुमा र समग्र सञ्चालन विधि रहेको छ (जसलाई निर्वाचनका विभिन्न पक्षहरुलाई समेट्ने गरि व्यक्तिगत योजना तर्जुमा गर्नु आवश्यक हुन्छ) । 

 

मुख्य बुझाईहरुः

 

-       सफल निर्वाचनका लागि प्रभावकारी कार्यविधि अत्यावश्यक हुन्छ ।

 

-       सफल कार्यविधि मुलत विभिन्न सूचकहरुको विश्लेषण र गर्नुपर्ने कार्यहरुको अवलोकन र प्राथमिकिरणमा निर्भर रहन्छ ।

 

-       कार्यविधि अपेक्षा नगरिएका अवस्थाहरु अनुरुप अपनाउनुपर्ने फेरबदल गर्न, निर्वाचन व्यवस्थापन निकायहरुलाई सम्भावित जोखिमको विश्लेषण गरि अफ्ठ्यारो  अवस्थालाई चिर्न सघाउने लचिलो प्रकृतिको हुनुपर्दछ ।

 

-       शुरुकै अवस्थाबाट विश्वसनीय निर्वाचन गराउन पूर्वशर्तहरु लगायत प्रभावकारी सञ्चालन योजना हुनु जरुरी हुन्छ ।

 

-       निर्वाचन व्यवस्थापकीय निकायहरुका लागि सफल कार्ययोजना बनाउन आवश्यक परिस्थितीको बुझाई, आधारभूत दस्तावेज, विगतका प्रतिवेदनहरु ल्गायत आवश्यक हुन्छन् ।

 

-       बृहद् योजना बनाउन कार्यप्रक्रियाका मुख्य चरणहरु र शुरुकै अवस्थाबाट तीसँग सम्वन्धित बिस्तृत विवरण राख्न आवश्यक हुन्छ ।

 

मोड्युलका उदेश्यहरु

 

-       कार्ययोजना निर्माण पनि एक व्यवस्थापन औजार भएको र यसका अवधारणा र कार्य k4tLहरुका साथै  कसरी निर्वाचन व्यवस्थापन निकायहरुका रणनैतिक योजनाबाट कार्ययोजना व्युत्पन्न हुन्छन् भन्ने सम्वन्धमा सहभागिहरुलाई अवगत गराउन ।

 

-       कार्ययोजना निर्माणको समग्र प्रक्रियाको परिकल्पनाबारे सहभागिहरुलाई जानकारी गराउने, र योजना बनाउनु अगावै निर्वाचन जस्तो जटिल र बृहद् कार्य सञ्चालन, यसका पूर्वसर्तहरु तथा मापदण्डहरुका वारेमा अवगत गराउने ।

 

-निर्वाचन कानुन अनुसार समय सीमा भित्रै गरिनुपर्ने क्रियाकलापहरुको पहिचान ।

 

-       तयारी योजना अन्तर्गत गरिनुपर्ने कार्यहरु, कार्यान्वयनका मुख्य चरणहरुको व्याख्या, प्रक्रियाको परिभाषा, महत्वपूर्ण निर्णयहरु, मुख्य गतिविधिहरु, क्रियाकलापहरु र ती अन्तर्गतका उप क्रियाकलापहरुको रुपरेखा तय गर्ने ।

 

-       सहभागिहरुलाई समग्र कार्यान्वयन योजना प्रक्रियाका विषयमा तयारी र कार्यान्वयन र समायोजन गर्न सक्षम बनाउने ।

 

 

 

मोड्युलको रुपरेखा

 

-       मुख्य जानकारी

 

-       निर्वाचन कार्यान्वयन योजनाका आधारभूत पक्षहरु

 

-       कार्यान्वयन सन्दर्भ र विचार गर्नुपर्ने पक्षहरु

 

-       कार्यान्वयनका मुख्य चरणहरु र प्रक्रियाको परिभाषा

 

-       कार्यान्वयन सहयोग ढाँचा

 

-       निर्वाचन कार्यान्वयन योजना, बिकास र कार्यान्वयन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Document Actions