Strategic Planning for Electoral Management Module —
Français
 

Strategic Planning for Electoral Management Module

निर्वाचन योजना मोड्युलका लागि रणनैतिक योजना

निर्वाचन व्यवस्थापन निकायले रणनैतिक योजना प्रक्रिया थाल्नुभन्दा पहिला, दीर्घकालिन योजना प्रक्रिया, त्यससँग सम्वन्धित निर्णयहरु तथा असरहरु वारे राम्रोसँग बुझ्नु जरुरी हुन्छ । ब्रीजको “निर्वाचन व्यवस्थापनको रणनैतिक योजना” ले निर्वाचन व्यवस्थापन निकायलाई समग्र रणनैतिक योजना प्रक्रियाका लागि आवश्यक परिदृष्य गर्न र परिचयसँगै यसको कार्यान्वयन कसरी गरिन्छ, यसले के अपेक्षा गर्दछ, र यसलाई अंगिकार गर्न तत्पर निर्वाचन व्यवस्थापन निकायलाई के फाईदा पुर्याउँछ भन्ने जानकारी गराउँछ ।

सबभन्दा पहिला त (रणनैतिक योजनाको भाषामा यसलाई परिदृष्य गर्ने भनिन्छ) बुझाई आवश्यक छ किनभने निर्वाचन व्यवस्थापन निकायको कार्यकारीलाई, यदि दीर्घकालिन योजना प्रक्रियाका बारेमा जानकारी नभएको अवस्थामा, यस प्रक्रिकाको दीर्घकालिन योजना प्रक्रिया वारे अवगत हुन र यसलाई अपनत्व ग्रहण गर्न, प्रतिवद्धता दर्शाउन र आवश्यक श्रोतसाधन वारे हेक्का राख्न मद्दत पुग्दछ ।    

रणनैतिक योजना तर्जुमावारे निर्वाचन व्यवस्थापन निकाय अनभिज्ञ नभएपनि उसले परिदृष्य गर्दाका चरणहरुवारे थाहा पाउन जरुरी हुन सक्छ । उदाहरणका लागि सो निकायको कार्यकारी व्यवस्थापन परिवर्तन भएमा रणनैतिक योजनाको ज्ञान पनि हराउन सक्दछ । यस्तो अवस्थामा, निर्वाचन व्यवस्थापन निकायमा महत्वपूर्ण निर्णय लिन सक्ने अधिकारीहरुबीच परिदृष्य गर्न सक्ने आधार बनाइनुपर्छ ।

निर्वाचन व्यवस्थापन निकायका कार्यकारी अधिकृतहरु यस मौलिक योजना प्रक्रियाको प्रारम्भिक चरणवारे राम्रोसँग अवगत भैसकेपछि उनीहरुलाई बहुवर्षिय रणनैतिक योजना प्रक्रियामा समावेश हुने वा नहुने वारे सुसूचित निर्णय लिन सघाउन मद्दत पुग्दछ ।

यदि समावेश गराउने हो भने, निर्वाचन व्यवस्थापन निकायले व्यवहारिक रुपमै रणनैतिक योजनाको तयारी र कार्यान्वयनमा सघाउन तत्पर रहन्छ । यस मोड्युलको दोश्रो भागले निर्वाचन व्यवस्थापन प्रक्रियालाई यस तर्फ सघाउने हेतुले तयार गरिएको छ । 

तरपनि प्रत्येक निर्वाचन व्यवस्थापन निकायले, ब्रीज सहजकर्ताको सहयोगमा, आफ्नै सन्दर्भ सुहाँउदो योजना बनाउनुपर्छ ता कि निर्वाचन व्यवस्थापन निकायको संस्थागत संस्कृति, बनोट र वातावरणसँग मेल खाने प्रकृतिको होस् ।

मुख्य बुझाईहरु

o   प्रभावकारी निर्वाचन व्यवस्थापनका लागि दीर्घकालिन, रणनैतिक योजना महत्वपूर्ण अंग हो ।

o   अपेक्षित, व्यवहारिक र प्रभावकारी नतिजा निकाल्न यो गहन, सुव्यवस्थित र सिलसिलेवार योजना र कार्यान्वयन पद्धतिलाई आवश्यक पृष्ठपोषण र यथेष्ठ समय आवश्यक हुन्छ ।

o   सिलसिलेवार रणनैतिक योजना तर्जुमाका लागि निर्वाचन व्यवस्थापन निकाय र यसका कर्मचारीहरुलाई तोकिएका जिम्मेवारीहरुमा क्रमश सशक्त बनाउदै दृढ निर्णय लिन सक्ने र प्रक्रिया अपनाउन सक्ने बनाउनुपर्छ ।

o   रणनैतिक योजना तर्जुमा प्रक्रिया सफल हुन पर्याप्त गृहकार्य, खाका निर्माण र बन्दोवस्तीको तयारी आवश्यक हुन्छ ।

o   निर्वाचन व्यवस्थापन निकायका लागि रणनैतिक आधारहरु के हुने भन्ने आवश्यक हुन्छ किनभने यसका कर्मचारीहरुलाई यसको उपादयता के हो र संस्थागत रुपमा यसको भविष्य के हुने भन्ने जानकारी आवश्यक पर्छ ।

o   संस्थागत मूल्याकंन गर्दा निर्वाचन व्यवस्थापन निकायलाई आफ्नो प्रस्तुति कस्तो भयो, र आन्तरिक आवश्यकताहरु, प्राप्तीहरु र वाह्य वातावरणसँगको घुलमिलीकरण कस्तो भयो भन्ने लेखाजोखा गर्न मद्दत पुग्दछ ।

o   वस्तुवादी रणनीति तर्जुमा गर्न निर्वाचन व्यवस्थापन निकायले अहिलेका कमीकमजोरीहरुलाई कसरी सम्बोधन गर्ने र भविष्यको मार्ग कस्तो तय गर्ने भन्नेमा भर पर्दछ ।

o   निर्वाचन व्यवस्थापन निकायले आफ्ना आन्तरिक र बाह्य सरोकारवालाहरुसँगको सम्वन्ध लेखाजोखा गर्दै आफ्नो रणनैतिक योजनाले स्वीकार्यता, विश्वास, बुझाई र सहयोग प्राप्त गरोस् भन्नेमा हेक्का राख्नुपर्छ ।

o   “कार्य योजना निर्माण” रणनैतिक योजना तर्जुमा प्रक्रियाको अभिन्न अंग हो किनकि  यसले निर्वाचन व्यवस्थापन निकायलाई सिलसिलेवार तवरले के, किन, कसले र कसरी जस्ता प्रक्रियमा अभ्यस्त गराई के कस्ता श्रोतसाधन चाहिन्छ भन्ने अवगत गराउँछ ।

o   निर्वाचन व्यवस्थापन निकायका लागि रणनैतिक किसिमले सञ्चालित हुनु आवश्यक हुन्छ किनभने आफ्ना कर्मचारीहरुको एकिकृत प्रयासका साथ रणनैतिक तवरले अगाडि बढ्न मद्दत पुग्दछ र आफ्नो विभागहरु अन्तर्गत सञ्चालित कृयाकलापहरुमा पनि एकरुपता र तादाम्यता ल्याउन मद्दत पुग्दछ ।

o   निर्वाचन व्यवस्थापन निकायले प्रत्येक विभागको बिस्तृत कार्ययोजनामा आफ्नो समग्र रणनीति प्रभावकारी रुपमा लागु गराउन सक्छ, व्यक्तिगत रुपमै क कस्ले के कस्ता कृयाकलापहरु कुन् कुन् समयमा गर्ने वारे ।

o   निर्वाचन व्यवस्थापन निकायको रणनीति प्रभावकारी कार्यान्वयनका लागि विभिन्न विभागहरु अन्तर्गत सञ्चालित कृयाकलापहरुको निरन्तर मूल्याकंन गरिनुपर्छ ।

o   निर्वाचन व्यवस्थापन निकायले रणनैतिक योजना निर्माण प्रक्रियामा प्रसस्त मिहेनत गरेपछि, लिखित रणनैतिक योजनाको प्रचारप्रसार गरिनुपर्छ ।

 

 

 

मोड्युलका उद्देश्यहरु

o   निर्वाचन व्यवस्थापन निकायको कार्यकारी व्यवस्थापनलाई रणनैतिक योजना एक व्यवस्थापकीय औजार भएको र यसका अवधारणा, चरण र पद्धतिहरु वारे जानकारी गराउँदै यसले यसरी आफ्नो लक्षित उद्देश्य हाँसिल गर्छ भन्ने सम्वन्धमा जानकारी गराउने । 

o   निर्वाचन व्यवस्थापन निकायले कसरी रणनैतिक योजनाका अवधारणाहरु र प्रक्रियाहरुले योजना निर्माण र कार्यक्षमतामा योगदान गर्छ भन्ने पक्षलाई आत्मसाथ गर्न लगाउने ।

o   निर्वाचन व्यवस्थापन निकायको कार्यकारी व्यवस्थापनलाई कसरी दीर्घकालिन योजनाबद्ध रणनैतिक योजनाले निर्वाचन व्यवस्थापन के हो र यसका लक्षित उद्देश्यहरुलाई पुरा गर्न कसरी सघाउँछ भन्नेवारे जानकारी दिने ।

o   निर्वाचन व्यवस्थापन निकायको कार्यकारी व्यवस्थापनलाई पर्याप्त जानकारी दिई निर्वाचन व्यवस्थापन निकायलाई बहुवर्षिय रणनैतिक योजना निर्माणमा संलग्न गराउने वारे सुसूचित निर्णय लिन सघाउने ।

o   निर्वाचन व्यवस्थापन निकायलाई रणनैतिक योजना प्रकृया र यस अन्तर्गतका अवधारणा र कृयाकलापहरु वारे अवगत गराउने ।

o   निर्वाचन व्यवस्थापन निकायलाई सबै तयारी कार्य गर्न र बन्दोवस्तीको तयारी गराउन सघाउने ।

मोड्युलको रुपरेखा

भाग १ रुपरेखा

o   मुख्य बुझाईहरु

o   निर्वाचन व्यवस्थापनमा किन रणनैतिक योजना

o   रणनैतिक योजना प्रक्रिया

o   रणनैतिक योजना चक्रको परिचय

भाग २ अभ्यास

o   रणनैतिक योजना प्रक्रियाको तयारी

o   निर्वाचन व्यवस्थापन निकायका रणनैतिक आधारहरु

o   संस्थागत मूल्याकंन कार्य

o   निर्वाचन व्यवस्थापन निकायको रणनीति

o   निर्वाचन व्यवस्थापन निकायको सरोकारवाला परामर्श प्रकृया

कार्य योजना तर्जुमा

o   निर्वाचन व्यवस्थापन निकायको विभाग स्तरमा रणनीति कार्यान्वयन

o   निर्वाचन व्यवस्थापन निकायको व्यक्तिगत स्तरमा रणनीति कार्यान्वयन

o   निर्वाचन व्यवस्थापन निकायको रणनीति कार्यान्वयन

 

o   निर्वाचन व्यवस्थापन निकायको रणनीति प्रकाशन

Actions sur le document