Voter and Civic Education —
English
 

Voter and Civic Education

मतदाता र नागरिक शिक्षा

यस मोड्युलले मतदाता र नागरिक शिक्षा कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्दा मतदाताका लागि जानकारी, नागरीक तथा मतदाता शिक्षाका परिभाषा, औचित्य र सिधान्तहरुलाई ख्याल गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । साथै मतदान शिक्षा र जानकारीका कार्यक्रमहरु तर्जुमा गर्दा अनुगमन तथा मूल्यांकन, अभिलेखिकरण र भण्डारणको रणनीतिलाई पनि समाबेश गर्नुपर्ने आवश्यकतामा पनि यस मोड्युलले जोड दिएको छ।

सहभागीहरूको आवश्यकता र अपेक्षा अनुसार, यो मोड्युलमा  नागरिक र निर्वाचन  शिक्षा कार्यक्रम वा मतदाता जानकारी कार्यक्रमको प्रभावकारी योजनालाई प्राथमिकता दिन प्रयोग गर्न सकिन्छ । जुनसुकै प्राथमिकता भएतापनि,  यो मोड्युल मतदाता र नागरिक शिक्षाको सैधान्तिक परिचयबाट प्रारम्भ हुन्छ र यसले मतदाता सूचना, निर्वाचन शिक्षा र नागरिक शिक्षाबीचको समानता र अन्तरलाई परिभाषित गर्दछ । साथै, यसले सार्वजनिक पहुँचको आधारमा राजनैतिक प्रभावकारिता जस्ता अवधारणाहरुको अन्वेषण गर्छ । त्यसैगरी, यसले पहुँचका कार्यक्रम(नागरिक र निर्वाचन शिक्षा वा मतदाता जानकारी ) प्रभावकारी हुन आवश्यक व्यापकता, निष्पक्षता र स्पष्टता जस्ता सिधान्तहरुको पनि अध्यन गर्दछ।

मोड्युलको दोश्रो भाग व्यावहारिक छ र यसले नागरिक र निर्वाचन शिक्षा कार्यक्रम र मतदाता सूचना कार्यक्रमहरूको कसरी योजना बनाउने भन्ने बिषयमा सहभागीहरुको अपेक्षालाई अनुसार सम्बोधन गर्दछ । यसका प्रमुख चरणहरुमा, के मा जोड दिने भन्ने सवाल, सहभागिहरुलाई बुझ्ने कार्य, उपलब्ध स्रोतहरूको लेखाजोखा, उदेश्यहरुको चयन, प्रक्रिया तर्जुमा, कार्यान्वयन, कार्यक्रमको मूल्यांकन, तथा कार्यक्रमको सुरक्षित संग्रह गर्ने कार्य्र ।

यो मोड्युल अत्यन्त अन्तरक्रियात्मक छ र यसको सफल प्रस्तुतीकरणका लागि यससँग सुहाँउदा गतिविधिहरूमा सहभागीहरूको पूर्ण सहभागिता आवश्यक छ । यस मोड्युलले निर्वाचन व्यवस्थापन निकायहरु, शैक्षिक संस्था, र नागरिक समाजका सघंसंस्थाहरुलाई प्रभावकारी, ध्यानपूर्वक, मितव्यायी तवरले मतदाताको जानकारी र वा नागरिक र निर्वाचन शिक्षा कार्यक्रमहरू विकास गर्ने ढाँचा र कार्यप्रणाली प्रदान गर्नुपर्दछ ।

यो मोड्युल V2 ब्रीज  मतदाता सूचना र नागरिक शिक्षा मोडलहरूको समिश्रण हो। यो नयाँ V3 मोड्युलले गतिविधिहरू, स्रोतसाधन र भाषालाई अध्यावधिक गर्ने कार्य गरेको छ ।

मुख्य बुझाईहरु

-       मतदाता र नागरीक शिक्षालाई यी पक्षहरुले जोडेको हुन्छः नागरीक शिक्षा, निर्वाचन शिक्षा, मतदाता शिक्षा र मतदाता जानकारी ।

-       मतदाता शिक्षा र नागरीक शिक्षा कार्यक्रमहरु स्थापित मापदण्ड तथा सिधान्त हरु अनुरुप जोडिनुपर्छ ।

-       मतदाता शिक्षा र नागरीक शिक्षा कार्यक्रमहरु प्रदान गर्नेहरुको ध्येय स्पष्ट तोकिएको हुनुपर्दछ ।

-       मतदाता शिक्षा र नागरीक शिक्षा कार्यक्रमको योजना राम्रोसँग बनाउनुपर्दछ ।

-       मतदाता शिक्षा र नागरीक शिक्षाका k4tL, सामाग्रीहरु र सञ्चार माध्यमहरुले विभिन्न सरोकारवाला हरुका विभिन्न आवश्यकताहरु पुरा गर्ने किसिमको हुनुपर्दछ ।

-       मतदाता शिक्षा र नागरीक शिक्षा कार्यक्रम समयमै प्रभावकारी तवरले सञ्चालन गर्नुपर्दछ ।

-       मतदाता शिक्षा र नागरीक शिक्षा कार्यक्रमको अनुगमन तथा मूल्याकंन ध्यानपूर्वक गर्नुपर्दछ ।

-       मतदाता शिक्षा र नागरीक शिक्षा कार्यक्रमका सबै पक्षहरुको अभिलेखिकरण गरि संग्रहित गर्नुपर्छ ।

-       दीर्घकालिन मतदाता शिक्षा र नागरीक शिक्षा तर्जुमा गर्ने क्रममा मतदाता शिक्षा र नागरीक शिक्षा कार्यक्रमहरु सघाउ हुन्छन ।

मोड्युलका उदेश्यहरु

-       मतदाता शिक्षा र नागरीक शिक्षा कार्यक्रमहरुको सहयोगले सुसूचित निर्णयहरु लिन सघाउन नागरीक शिक्षा, मतदाता शिक्षा र निर्वाचन शिक्षाका अवधारणाहरुको खोजी गर्ने ।

-       नागरीक शिक्षा, मतदाता शिक्षा, निर्वाचन शिक्षा र मतदाता जानकारी कार्यक्रमहरुका विभिन्न k4tL हरुको खोजी गर्ने ।

-       मतदाता शिक्षा, नागरिक शिक्षा, नागरीक शिक्षा र मतदाता जानकारी कार्यक्रमहरुमा प्रयोग भएका विविध माध्यमहरुको खोजी गर्ने । 

-       मतदाता र नागरीक शिक्षा कार्यक्रमहरुका लागि चाहिने ढाँचा, योजना, तयारी, कार्यान्वयन, मूल्याकंन र अभिलेखिकरण वारे मनन गर्ने ।

-       मतदाता र नागरीक शिक्षाका दीर्घकालिन रणनैतिक अवधारणाका गुणहरुको खोजी गर्ने ।

-       सन्दर्भ सुहाँउदो नागरीक शिक्षा, मतदाता शिक्षा, निर्बाचन शिक्षा र मतदाता जानकारी को योजना बनाउने

मोड्युलको रुपरेखा

-       मुख्य बुझाईहरु

-       परिभाषा तथा औचित्य

-       असल मतदाता तथा नागरीक शिक्षा कार्यक्रमका सिधान्तहरु

-       मतदाता र नागरीक शिक्षा कार्यक्रमहरुको तयारी

-       मतदाता र नागरीक शिक्षा कार्यक्रमहरुको योजना तर्जुमा

-       मतदाता शिक्षा कार्यक्रमहरुको कार्यान्वयन

-       अनुगमन तथा अभिलेखिकरण

-       laBfno स्तरीय मतदाता र नागरीक शिक्षाको तर्जुमा र कार्यान्वयन

-       समुदाय स्तरीय मतदाता र नागरीक शिक्षाको तर्जुमा र कार्यान्वयन

 

-       सम्भव तुल्याउने, दीर्घकालिन मतदाता शिक्षा र नागरीक शिक्षा रणनीति तर्जुमा

Document Actions