Voter Registration —
English
 

Voter Registration

मतदाता दर्ता

निर्वाचन प्रणालीहरु र ती सँग जोडिएका प्रक्रियाहरुको मुटु भनेकै मतदाता दर्ता हो । समग्रत मतदात दर्ता भनेको सही वा सम्भावित मतदाताहरु यकिन गर्ने, र तिनीहरुको नाम र भरपर्दो सूचना मतदाता सूचीमा समावेश गर्ने रहेको हो । oBlk, यस्ता तथ्याकंको संकलन, भण्डारण र प्रयोग एउटा प्रणालीबाट अर्कोमा भिन्न भिन्न हुन्छ ।

मतदाता प्रक्रियाका असल सिधान्तहरुको विकास र कार्यान्वयनका लागि प्रशासकीय र बन्दोबस्तीका सवालहरुलाई यस मोड्युलमा समावेश गरिएको छ ।

oBlk, निर्वाचन प्रक्रियाका कुनैपनि पक्षहरु सिफारिस गर्ने अवस्थाबाट ब्रीज परियोजना टाढै रहन सधैं प्रयासरत रहेकोछ । निर्वाचन अधिकारीहरुलाई व्यवसायिक रुपमा सघाउने क्रममा निर्वाचन प्रक्रियाका निश्चित सकारात्मक तथा नकारात्मक पक्षहरुलाई परियोजनाले उजागर गरेको छ । त्यसैले यो मोड्युल “मतदाता नामावली किन ?” भन्ने प्रश्नबाट प्रारम्भ हुन्छ । समुहलाई मतदाता नामावली आवश्यक छ भन्ने अवस्थामा (कार्यक्रममा समाविष्ट अधिकाशं सहभागिहरुलाई पनि मतदाता नामावली दर्ता आवश्यक छ भन्ने लाग्ने भएकाले) यस विषयलाई क्रमिक रुपमा चर्चा गरिएको छ ।

यस मोड्युलले सर्बप्रथमः मतदाता नामावलीका प्रणालीहरु विकास गरि लागु गर्ने जिम्मेवार पदाअधिकारीहरुका लागि मार्गनिर्देशन गर्ने सम्भावित सिधान्तहरुका वारेमा चर्चा गर्दछ । यसका साथै मताधिकारका मापदण्ड, मतदाता दर्ताका किसिम र दर्ता प्रक्रियाको खर्च जस्ता विषयहरुको पनि थप चर्चा गरिन्छ ।

ब्रीज परियोजनाका साझेदारहरुको बुझाइमा कुनै पनि निर्वाचन प्रक्रिया सफल हुन यो परिवेशसँग सान्दर्भिक हुन र प्रवन्धन गर्नेहरुले अपनत्व गरेको हुनुपर्दछ । यस सन्दर्भमा थुप्रै मतदाता नामावली दर्ताका किसिमहरु सहभागिहरुलाई पेश गरिएको छ र आफ्नो सन्दर्भ हेरेर सकारात्मक पक्षहरुमा विचार मन्थन गर्न प्रोत्साहित गरिन्छ ।

निश्चित प्रणाली (वा प्रणालीहरुको समिश्रण) मा सहमति भएपश्चात मोड्युलको अर्को पाटो त्यस प्रणालीलाई कसरी प्रबन्धन गर्ने विषयमा चर्चा गरिन्छ । यसका लागि निम्न सवालहरु (यिनैमा सीमित गर्ने भन्ने होइन) पर्दछन्ः

-       आवश्यकता पहिचान

-       आवधिक सूची, अबीरल सूची वा नागरिक पञ्जिकरण ?

-       प्रशासनिक ढाँचा

-       दर्ताका लागि लगत संकलन र व्यवस्थापन

-       खरिद प्रवन्ध

-       सञ्चालन संरचना

-       मतदाता दर्ता सम्वन्धि मतदाता शिक्षा

-       निर्वाचनकर्मी चयन र तालिम

-       लगत संकलन

-       दर्ता लगन वा तथ्याकं भण्डारण

-       मतदाता दर्ता सम्वन्धि सेवा र सामाग्रीहरुको खर्च

-       प्रारम्भिक मतदाता नामावलीको तयारी

-       प्रारम्भिक मतदाता नामावलीका चुनौती

-       अन्तिम मतदाता नामावली तयारी

-       अन्तिम मतदाता नामावली वितरण

-       समग्र पक्रियाको मूल्याकंन

मतदाता दर्ता प्रक्रियाका माथि उल्लेखित सबै प्रक्रियाहरुको विस्तृत अध्ययन गरिसकेपछि सहभागिहरुलाई प्रक्रियासँग सम्वन्धित ढाँचाहरुमा मिलेर समूहकार्य गर्न दिइन्छ जुन सहभागीहरुले आआफ्नो देशमा सबभन्दा स्वच्छ, निश्पक्ष र प्रभावकारी मतदाता दर्ता प्रक्रियाहरु अपनाउने उदेश्यका साथ योजना तर्जुमा गर्न सघाउने हेतुले लैजान्छन् ।

मतदाता दर्ता सामाग्रीहरु तथा सेवा लगायत मतदाता दर्तासम्वन्धि विवाद समाधानका उपायका असल अभ्यासहरुलाई समेट्ने गरि यो मोड्युललाई जनवरी २०१५ मा परिस्किृत गरिएको हो । भौतिक पूर्वाधार र मानव श्रोतसाधनहरुको उपलब्धतालाई ध्यानमा राखेर मतदाता दर्ता प्रक्रियाको यकिन गर्नु कठिन कार्य हो । विविध सन्दर्भहरुलाई सुहाँउदो हुनेगरि निर्वाचन व्यवस्थापन निकाय तथा साझेदारहरुलाई सघाउन यो परिस्किृत मोड्युल सहयोगी हुन सक्छ ।

कृयाकलापहरु, श्रोतसाधन र भाषालाई समेटेर यो मोड्युल २०१६ को शुरुमा परिस्किृत गरियो । ब्रीज भर्सन ३ अन्तर्गत यो पहिलो परिस्किृत मोड्युल हो ।

मुख्य बुझाईहरुः

-       मतदाता दर्ता विभिन्न कारणले गराइन्छ ।

-       मतदाता दर्ता स्पष्ट निर्देषित सिधान्त अनुरुप गराउनुपर्दछ ।

-       हरेक लोकतन्त्रले निर्वाचन कृयाकलापका लागि मताधिकार क्षेत्र स्थापित गर्दछ ।

-       मतदाता दर्ता विभिन्न किसिमका हुन्छन् ।

-       मतदाता दर्ता प्रक्रियाहरु कुशल, प्रभावकारी कानुन अनुरुप गरिनुपर्छ ।

-       मतदाता प्रक्रिया प्रभावकारी बनाउन कर्मचारीहरुलाई राम्रो तालिम दिन जरुरी हुन्छ ।

-       मतदाता प्रक्रिया प्रभावकारी बनाउन बृहद् मतदान शिक्षा कार्यक्रम संञ्चालन गर्नुपर्दछ ।

-       राम्रोसँग केलाएर मतदाता दर्ता तथ्याकंलाई व्यवस्थापन गर्नुपर्दछ ।

-       प्रदर्शनी र चुनौतीपूर्ण घडीको बखत मतदाता दर्ता प्रक्रियाका सवाललाई सम्बोधन गर्न मिल्छ ।

-       मतदाता दर्ता प्रक्रियामा महत्वपूर्ण कडी भनेको यसको स्पष्ट खाका हो । 

-       प्रक्रिया र मतदाता नामावली सूचीमा जनताको विश्वास र पारदर्शिता अभिla|l2  गर्न साझेदारहरुको सहभागिता चाहिन्छ ।

-       उच्च प्रविधियुक्त दर्ता प्रक्रिया सफल हुन उपयुक्त वातावरण आवश्यक पर्दछ ।

-       मतदाता नामावली परीक्षण दर्ता प्रक्रिया माथि जनविश्वास जगाउने महत्वपूर्ण कडी हो ।

मोड्युलका उदेश्यहरु

-       मतदाता दर्ताका सिधान्तहरुवारे अन्वेषण गर्ने (दर्ता किन गर्नुपर्छ?) योग्यताका मापदण्डहरु के के हुन् ?

-       यसका कानुनी आधारहरु र तीन किसिमका मतदाता दर्ता वारे बुझ्ने ।

-       सफल मतदाता दर्ताका मुख्य कार्यविधिवारे अभ्यास गर्ने ।

-       निर्वाचनका योजनाकार, नीति निर्माता र पैरवी समूहहरुलाई मतदाता दर्ताका बैकल्पिक दृष्टिकोणहरु प्रदान गर्ने ।

-       सहभागीहरुलाई मतदाता दर्ता अभ्यासवारे व्यवस्थापीकीय चाँजोपाँजो र कार्यान्वयनका चरणहरुबारे जानकारी गराउने ।

-       मतदाता दर्ताका लागि सेवा र सामाग्री खरिद प्रक्रियाबारे असल अभ्यासहरुबारे जानकारी गराउने ।

-       मतदाता दर्ताको खर्च सम्वन्धमा सहभागीहरुलाई न्यूनतम आधारवारे जानकारी गराउने ।

-       मतदाता दर्ता सम्बन्धमा विवाद समाधानका व्यवहारिक मामिला अध्ययनवारे जानकारी गराउने ।

 

 

 

मोड्युलको रुपरेखा

-       मुख्य बुझाईहरु

-       मतदाता दर्ता किन ?

-       मतदाता दर्ताका मार्गनिर्देशक सिधान्तहरु

-       मतदानका लागि योग्यता र दर्ताका किसिम

-       कानुन र वीधि

-       सूचना व्यवस्थापन

-       अन्तिम सूची तयारीका तीन चरण

-       सञ्चालनका व्यवहारिक पक्ष

-       मतदाता शिक्षा

-       सरोकारवालाहरु

-       मतदाता दर्तामा सूचना प्रविधिको प्रयोग

-       मतदाता नामावलीको परीषण र अवलोकन

 

-       सम्भव तुल्याउने

Document Actions