BRIDGE नेपालीमा
BRIDGE नेपालीमा
१९९९ सालको डिसेम्बर महिनामा विश्वभरका केही प्रमुख निर्वाचन विशेषज्ञहरुले अष्ट्रेलियाको क्यान्बेरामा निर्वाचन प्रशासकहरुको क्षमता कार्यक्रमको लागि सम्भावित संरचना र सामग्रीका बारे छलफल गर्न एक सम्मेलन गरे । आफ्नो पहिलो निर्वाचनका कार्यहरु सुरुवात गर्दाको समयमा थाहा भएको भए सहयोगी हुने जानकारीहरु को बारे मनन गर्न भनिएको थियो । उनीहरुले पहिचान गरेको ज्ञान नै ब्रीज कार्यक्रम स्थापनाको आधार बनेको छ । ब्रीज निर्वाचन प्रक्रियामा बिशेष केन्द्रित रहेर तयार गरिएको व्यावसायिक विकास अध्ययन सूची हो । ब्रीजले क्षमता विकास ढाँचा भित्रको उपकरणका रुपमा प्रयोग गर्नका लागि सबैभन्दा व्यापक पाठ्यक्रम तथा कार्यशाला संकलनको विकास, कार्यान्वयन र संरक्षणमा तत्पर पाँच प्रमुख संगठनहरुको संगठित पहलको प्रतिनिधित्व गर्दछ । ती पाँच संगठन हुन्ः अस्ट्रेलियन निर्वाचन आयोग (ACE) , निर्वाचन सहायताका लागि अन्तर्राष्ट्रिय सघं (International IDEA), निर्वाचन प्रणालीको लागि अन्तर्राष्ट्रिय प्रतिष्ठान (IFES), संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (UNDP) तथा संयुक्त राष्ट्रसंघीय निर्वाचन सहायता विभाग (UNEAD)
उदेश्यहरु
- अन्तर्राष्ट्रिय स्तरमा स्वीकृत भएका निर्वाचनका आदर्श र सहि निर्वाचन अभ्यासको प्रचार गर्न।
- निर्वाचन प्रक्रियाका सरोकारवालाहरुको क्षमता र आत्मविश्वासको a[2L गर्न ।
-एक स्थायी निर्वाचन संस्कृतिको विकास र संरक्षण गर्नका लागि उपलब्ध उपकरण र स्रोतहरूको बारेमा जागरुकता बढाउन।
-निर्वाचन प्रक्रियाका सरोकारवालाहरुको सहयोग सञ्जालको विकास गर्न तथा ज्ञान र अनुभवको वातावरणलाई प्रोत्साहन गर्न ।
कार्य- प्रणाली
- मुलुकहरुमा स्थानीय निर्वाचनको प्रशासनिक क्षमता a[2Lको महत्वलाई स्वीकार गर्छ ।
- अनुभव र परिचालन वातावरणमा विविधतालाई महत्व दिन्छ र स्वीकार गर्छ ।
- निर्वाचन प्रशासनको उत्कृष्टताका लागि संवाद, ज्ञान र सहभागिताको आदानप्रदानलाई प्रोत्साहन गर्छ ।
- सहभागीको क्षमता र विशेषज्ञता a[2Lको लागि आदेशात्मक नभई सहयोगी हुन्छ ।
- सहभागीलाई आफ्नो सिकाईको लागि आफै जिम्मेवार हुन प्रोत्साहन गर्छ ।
- लक्षित समूहहरूले ब्रीज कार्यक्रम आफै सञ्चालन गर्न सक्ने क्षमताको विकास गर्न र सिकाई पाठ्यक्रमको स्थानीय स्वामित्व लिन प्रोत्साहन गर्न ।
पाठ्यक्रम
निर्वाचन प्रक्रिया र त्यसको प्रभावकारी प्रशासनलाई बिस्तृत रुपमा ब्याख्या गरिएको सबै भन्दा महत्वाकांक्षी प्रयासलाई ब्रीज पाठ्यक्रमले प्रतिनिधित्व गर्दछ । साझेदार संगठनहरु संग cfa2 अन्तर्राष्ट्रिय अनुभवी लोकतान्त्रिक विशेषज्ञको समुह åf/f लेखिएको यस ब्रीज पाठ्यक्रमले निर्वाचन प्रक्रियाका साझेदार, महत्वपूर्ण समस्याहरुको समाबेशीकरण, विश्वसनीयतासम्वन्धि जटिलताको गहिरो अन्वेषण लगायत, नैतिकता र संस्थागत संस्कृति जस्ता बिषयहरुमा प्रमुख अंशहरु समाबेश गरिएका छन् ।
यस पाठ्यक्रमले सबै सफतलापूर्वक सञ्चालन भएका निर्वाचनको आधारभूत आदर्शहरुमा ध्यान केन्द्रित गरेको छ। साथै, धेरै मुलुकहरुका व्यावहारिक उदाहरणहरु पनि समाबेश गरिएको छ ।
o2lk, ब्रीजले ति सिद्धान्तहरु कार्यान्वन गर्ने कुनै एउटा बिशेष ढाँचाको प्रचार गर्दैन, बरु प्रस्तुत विविध उदाहरणहरुबाट सहभागीहरुलाई प्रेरणा लिन प्रोत्साहन गर्छ । कुनै मोड्युलको उदेश्य, निर्वाचन व्यवस्थापकको दिन-दिनको कार्यमा आवश्यक सीपहरुको विकास , विशेषगरी तोकिएको समयावधी भित्र कार्य सम्पन्न गर्न कार्यहरु बीचको सम्बन्ध बुझ्न पहल गर्ने हुन्छ । कुनै मोड्युलको उदेश्य भने संरचनात्मक, नैतिक र सामाजिक बिषयवस्तुको अन्वेषण गर्ने हुन्छ ।
प्रत्येक मोड्युलले कार्यशाला स्रोतहको रूपमा गतिविधिहरू, साहित्य, मामला अध्ययन, चुनाव सामग्री, वेबसाइटहरूको उदाहरण , र श्रव्यदृश्य सहायकको समावेश गर्दछ। यसले ए.सी.ई (ACE) तथा साझेदारीका संगठनका हातेपुस्तिका र नियम पुस्तिकाबाट प्रेरणा लिई यिनको पहुँच पनि प्रदान गर्दछ । साथै, यसले क्षेत्रीय तथा विश्वकै निर्वाचन सञ्जालको पहुँच पनि प्रदान गर्दछ ।
ब्रीज संस्करण ३
अप्रशासन |
निर्वाचनको दिन र परिणाम व्यवस्थापन |
निर्वाचनको बजेट तर्जुमा र आर्थिक सहयोग |
सहभागिता |
निर्वाचन उम्मेदवार |
आधार
|
निर्वाचन प्रशासनको परिचय |
संस्थागत तालिम र व्यवसायिक विकास |